2026-06-29 05:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

पुष्पलाल र विपीको समाजवादमा पुग्न शिक्षामा सुधार ः शिक्षा मन्त्री

ताराबहादुर महत, माघ २३,
दोलखा

शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले पुष्पलाल र वीपीले परिकल्पना गरेको समाजवादमा पुग्न
शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्राथमीकता दिनु पर्ने बताउनु भएको छ ।
‘शिक्षाले अहिले जातिय रुपमा
फाटेका मन जोड्न भाषा र भावनात्मक रुपमा काम गर्छ अनि पुष्पलाल तथा वीपीले परिकल्पना गरेको समाजवादमा
पुग्न सहयोग गर्छ’ दोलखाको सिंगटीमा हिजो आयोजित भुकम्प पछि दोलाखका विद्यालयहरुको अवस्था विषयक छलफलमा
मन्त्री पोखरेलले भन्नु भयो । उहाँले शैक्षिक सुधारको लागि आफुले पाँचवटा प्राथमीकता अघि सारेकोले
त्यसमा सबै सरोकारवालाहरुले सहयोग गर्नु पर्ने बताउनु भयो । एसएलसी परिक्षा मर्यादीत रुपमा सम्पन्न
गर्ने, भुकम्पले क्षति पुगेका भौतीक संरचनाहरुको पुर्ननिर्माण, पाँच बर्षभित्र क्षतिग्रस्त विद्यालय
भवनहरु निर्माण सम्पन्न, पाँच बर्ष उमेर समूहका बालबालिकाहरुलाई विद्यालय प्रवेश गराउने र समयमै
पाठ्यपुस्तक पु¥याउने आफ्ना प्रमुख प्राथमीकता रहेको मन्त्री पोखरेलले बताउनु भयो । जिल्ला शिक्षा
समितिका अध्यक्ष एवं स्थानिय विकास अधिकारी सिता परियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला
शिक्षा अधिकारी लोकबहादुर लोप्चनले भुकम्प पछि दोलखाको शैक्षिक क्षेत्रको अवस्थाको बारेमा प्रतिवेदन
प्रस्तुत गर्नु भएको थियो भने प्रमुख जिल्ला अधिकारी देवेन्द्र पराजुली, पत्रकार महासंघका केन्द्रिय
सदस्य चिरञ्जीवी मास्के, कालिनाग उच्च माविका प्राचार्य दाताराम नेपाल, शिक्षक रामबहादुर खड्का, अखिल
क्रान्तिकारीका जिल्ला अध्यक्ष सुब्बा श्रेष्ठ, एमाले का स्थानिय नेता घनश्याम पाठक लगाएतले मन्तव्य
व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी