2026-09-12 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा पहिलो पटक तीन जनामा कोरोना संक्रमण पुष्टि

जेठ २५, रोल्पा | रोल्पामा पहिलो पटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनिल स्मृति गाउँपालिका गजुलमा एकै पटक तीन पुरुषमा कोरोना संक्रमण देखिएको हो  । यससँंगै प्रदेश नं ५ का सबै जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । 

प्रदेश नं ५ का ११ जिल्लामा कोरोना संक्रमण फैलिएकामा अहिलेसम्म रोल्पामा फेला परेको थिएन । कोरोना संक्रमण पुष्टि हुनेमा गाउँपालिका –५ का २० र २७  वर्षीय तथा वडा  नं ६ का २० वर्षीय युवा रहेको स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत अनिल केसीले जानकारी  दिनु भयो । 

संक्रमित युवा यह जेठ १२ भारतबाट आएका थिए । उनीहरुलाई अलगअलग क्वारेन्टिनमा राखिएको थियो । वडा नं ५ को सूर्योदय आधारभूत विद्यालयको क्वारेन्टिनमा रहेका दुई र वडा नं ६ को जनज्योति मावि क्वारेन्टिनमा रहेका एक जनाको कोरोना पुष्टि भएको हो  ।  क्वारेन्टिनमा बसेका उनीहरुको एक साताअघि स्वाब संकलनका गरी भेरी अस्पताल नेपालगञ्ज पठाइएको थियो ।  

स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन अरुण भिटुका अनुसार जिल्लामा हाल दुई हजार  १२६ जना क्वारेन्टिनमा छन् । तीमध्ये एक हजार ४७६ जना भारतबाट फर्किएका हुन् । 

बैंक व्यवस्थापक पनि संक्रमित

चन्द्रौटा– कपिलवस्तुमा एक बैंक व्यवस्थापकमा कोरोना संक्रमण देखिएको छ । जिल्लाको तौलिहवामा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा व्यवस्थापकमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज थप संक्रमित देखिएका २४ जना समेत अब कपिलवस्तुमा कोरोना संक्रमित ५४७ पुगेका छन् ।

 जिल्लाका गाउँपालिका यशोधरामा १५१, मायादेवीमा ५३, शुद्धोधनमा ३० र  विजयनगरमा  २१ तथा नगरपालिका महाराजगञ्जमा १११, कृष्णनगरमा ५२, शिवराजमा ४८, कपिलवस्तुमा ३०, बुद्धभूमिमा  २९ र  वाणगंगामा २२ जनामा संक्रमण भएको पुष्टि भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन