2026-07-25 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

‘ढुक्क भएर घर जाने भइयो’

हेमन्त केसी, जेठ ३०,जाजरकोट। नलगाड नगरपालिका–८  मालुवाका लोकेन्द्र सिंह १४ दिन सदरमुकामको क्वारेन्टिाइमा दिन बिताएर बिहीबार घर जानुभयो । उहाँसँगै एकै कोठामा बसेका सात जनासमेत एकसाथ कोरोना भाइरस जाँच गरेर नेगेटिभ भएपछि घर गए । सदरमुकाम आएर क्वारेन्टिन बसुञ्जेलसम्म आफूलाई कोरोना लागेको छ कि भनेर  त्रासमा रहेका लोेकेन्द्र १४ दिनपछि नेगेटिभ रिपोर्ट आएपछि खुसी हुँदै घर गएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाटोमा १५ दिन हिँडेर सदरमुकाम आइ दुई हप्ताको बसाइ जति पीडामय भए पनि कोरोना जाँच नेगेटिभ आएपछि घर जान पाउनेभएपछि खुशी लागेको छ ।”

“यहाँ हामीलाई अब घर जाने वातारण मात्र तयार भएको छैन, कोरोना छैन भनेर प्रमाणपत्रसमेत हातमा प्राप्त हुँदा गाउँमा गएर सचेतनाका काममा लाग्न बल पुगेको छ”, लोकेन्द्रले भन्नुभयो । उहाँसँगै भेरी ज्ञानोदय क्याम्पसबाट २०० भन्दा बढी क्वारेन्टिनमा बसेका सर्वसाधारण निरोगी प्रमाणपत्र लिएर घर जाँदा खुशीको सीमासमेत थिएन । स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालको समन्वयमा यातायातको व्यवस्थासहित घर पठाएको छ । 

नयाँ आएर क्वारेन्टिनमा बस्नेसमेत आफ्नो जिल्लामा पाइला टेक्न पाइयो भन्दै खुशी व्यक्त गरेका छन् । जिल्लाभर दुई हजारको सङ्ख्यमा क्वारेन्टिनमा बसेका व्यक्ति अहिले आफूलाई कसरी मनोबल बढाउने र सिर्जनशील बन्ने भन्नेमा चासो देखाइरहेको क्वरेन्टिनमा व्यवस्थापन कार्यमा खटिनुभएका स्वास्थ्यकर्मी रामेश्वर रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “क्वारेन्टिनमा बसेका सबैको एकै चाहना भनेको निरोगी भएर गाउँमा गई अरुलाई समेत कोरोनाबाट बच्न सचेतना जगाउने भन्ने छ । धेरै दुःख पाएर आएका दाजुभाइ दिदीबहिनी हुनुहुन्छ ।”

स्थानीय सरकारका प्रमुखहरु दैनिक क्वारेन्टिनमा आएर अभिभावकका रूपमा भूमिका खेल्दा थप क्वारेन्टिनमा बसेका सर्वसाधारणलाई हौसला बढ्ने गरेको छ । दैनिक एकपटक क्वारेन्टिन आई समस्या के छ,  तपाईँहरुका समस्या मेरो समस्या हो भन्दै चिन्ता व्यक्त गर्दा आफूहरु निकै खुशी भएको जुनिचाँदे गाउँपालिका–१ का कालीबहादुर थापाले बताउनुभयो । “हाम्रो गाउँपालिका टाढा भए पनि भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्ती आएर हामीलाई हौसला मात्र दिनुभएन, आफ्ना समस्यासमेत जानकारी गराउनुभयो”, थापाले भन्नुभयो । जिल्लाका अन्य ठाउँमा क्वारेन्टिनमा व्यवस्थापन राम्रो भएन भनी गुनासो आइरहेको समयमा जाजरकोटमा भने सर्वसाधारण क्वारेन्टिन बसाइ सुखद् भएको बताएका छन् ।

 आफैँमा अन्तर्राष्ट्रियस्तरको खेलाडीसमेत रहेका भेरी नगरपालिकाका नगरप्रमुख घर्ती बिहान क्वारेन्टिनमा बसेका सर्वसाधारणलाई खेलका बारेमा समेत जानकारी गराएको उनीहरुको भनाइ छ । पारिवारिक वातावरणमा क्वारेन्टिन बसेर बिदा हुँदै गर्दा व्यक्त भएका भावनाले भर्खरै बस्न आएकाको अन्योलतासमेत कम भएको छ । चौध दिन क्वारेन्टिन बसेर दिन बिताएको पत्तै नभएको भन्दै अझै बस्न परे पनि तयारै रहेको अधिकांश सर्वसाधारणको भनाइ छ । राम्रो व्यवस्थापन र क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकमर्मीको हौसला दिने व्यवहारका कारण क्वारेन्टिन बसेका सर्वसाधारण गदगद् भएको बताएका छन् ।

क्वारेन्टिनमा बसेका सबैको फोन नम्बर सङ्कलन गरी स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिले क्वारेन्टिनस्थलमा आउन नपाएको समयमा फोन गरेर सञ्चो, बिसञ्चो बुझ्ने गरेको छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले जानकारी दिनुभयो । “हामीले जनतालाई क्वारेन्टिनमा राखेका छौँ  । उहाँहरुको गुनासा हामीले नसुने, नबुझे कसले बुझ्ने ?”, नगरप्रमुख महतराले भन्नुभयो । लकडाउनका कारण आधा महिना हिँडेर सदरमुकाम आई क्वारेन्टिन बसेका सर्वसाधारणलाई स्थानीय सरकारले लिएको पहलकदमी स्वागतयोग्य भएको समेत सर्वसाधारणले प्रतिक्रिया दिएका छन् ।

 बाहिरबाट आउन बित्तिकै कोरोना सङ्क्रमित नै भएको भन्दै हेला र हेपाह प्रवृत्ति केही व्यक्तिले व्यक्त गर्दा दुःख लागेको बताउने सर्वसाधारण १४ दिन बिताएर घर फर्कँदा हृदय फुलेको बताएका छन् । उनीहरु भन्छन्, “अब हाम्रो काम गाउँमा जनचेतना फैलाउनु हो ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक