२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

भुकम्प पिडितले अझै पाएनन् १५ हजार राहत

२०७२, २६ माघ मंगलवार ०९:१८

ताराबहादुर महत, माघ २६, दोलखा ।
नेपाल सकारले
भुकम्प पिडितहरुका लागि प्रदान गरिएको नगद १५ हजार र १० हजार रकम हाल सम्म पनि नपाएको भन्दै दोलखाको
बोच, मागपौवा र पवटी गाविसका स्थानीयहरुले आईतबार जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापन पत्र बुझाएका
छन् ।
गत बैशाख १२, १३ र २९ गते गएको विनाशकारी भुकम्प गएको करिब १० महिना  विति सक्दा पनि नगद
नपाएको भन्दै जिल्लाको बोच, मागापौवा र पवटी गाविसका स्थानीयहरुले प्रशासनमा ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्र बुझ्नुहुँदै जिल्ला दैवी प्रकोप उद्धार समिती दोलखाका अधयक्ष एवं्म प्रमुख जिल्ला अधिकारी
देवेन्द्र लामिछानेले भुकम्प पिडीतहरुको परिचय पत्र वितरण गर्ने समयमा गाविस सचिव, गाविसमा रहेका
राजनीतिक दलका प्रमुख तथा प्रतिनीधी, शिक्षक बुद्धिजिवी रहेको समिती मार्फत परिचय पत्र प्रदान गर्न
स्थानीय प्रशासनले अनुरोध गर्दा पनि  भुकम्प बाट घर क्षेति भएकाहरुले भन्दा घर क्षती नभएकालाई परिचय
पत्र वितरण गरीएकाले समस्या उत्पन्न भएको बताउनुभयो ।
उहालेँ जिल्लामा  केन्द्रिय द्धैवि प्रकोप
उद्धार समिती बाट पहिलो चरणमा ५० करोड र दोस्रो चरणमा थप १५ करोड गरी जिल्लामा ६५ करोड मात्र रकम आएको
बताउनुभयो । प्रमख जिल्ला अधिकारी लामिछानेले आएको रकम सबै गाविसका साथै दुई वटै नगरपालिकाका
स्थानीयहरुलाई पठाईएको र नपुग रकम केन्द्रमा माग भई रहेकाले आउने वित्तिकै सबै रकम बाँकी रहेका भुकम्प
पिडीतहरुलाई दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अहिले सम्म पनि मागापौवा गाविसका २ सय ३६ घरपरिवारले
अस्थाई आवास निमार्णका लागी नेपाल सरकारले प्रदान गरेको १५ हजार नगद पाएका छैन् भने ६ सय ६९ जनाले
न्यानो कपडा खरिदका लागी दिएको १० हजार रकम नपाएको विज्ञप्तीमा उल्लेख गरीएको छ । बोच गाविसमा पनि २ सय
९७ घरपरिवारले नगद १५ हजार र ६ सय १७ घरपरिवारले नगद १० हजार रुपैयाँ नपाएको वताएका छन् । यता पवटी
गाविसको वडा नम्वर ६ का सबै घरपरिवारले नगद १० हजार पाएका छैन् भने कति पय स्थानीयहरुले १५ हजार नपाएको
उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !