१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

भुकम्प पिडितले अझै पाएनन् १५ हजार राहत

२६ माघ २०७२, मंगलवार ०९:१८

ताराबहादुर महत, माघ २६, दोलखा ।
नेपाल सकारले
भुकम्प पिडितहरुका लागि प्रदान गरिएको नगद १५ हजार र १० हजार रकम हाल सम्म पनि नपाएको भन्दै दोलखाको
बोच, मागपौवा र पवटी गाविसका स्थानीयहरुले आईतबार जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापन पत्र बुझाएका
छन् ।
गत बैशाख १२, १३ र २९ गते गएको विनाशकारी भुकम्प गएको करिब १० महिना  विति सक्दा पनि नगद
नपाएको भन्दै जिल्लाको बोच, मागापौवा र पवटी गाविसका स्थानीयहरुले प्रशासनमा ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्र बुझ्नुहुँदै जिल्ला दैवी प्रकोप उद्धार समिती दोलखाका अधयक्ष एवं्म प्रमुख जिल्ला अधिकारी
देवेन्द्र लामिछानेले भुकम्प पिडीतहरुको परिचय पत्र वितरण गर्ने समयमा गाविस सचिव, गाविसमा रहेका
राजनीतिक दलका प्रमुख तथा प्रतिनीधी, शिक्षक बुद्धिजिवी रहेको समिती मार्फत परिचय पत्र प्रदान गर्न
स्थानीय प्रशासनले अनुरोध गर्दा पनि  भुकम्प बाट घर क्षेति भएकाहरुले भन्दा घर क्षती नभएकालाई परिचय
पत्र वितरण गरीएकाले समस्या उत्पन्न भएको बताउनुभयो ।
उहालेँ जिल्लामा  केन्द्रिय द्धैवि प्रकोप
उद्धार समिती बाट पहिलो चरणमा ५० करोड र दोस्रो चरणमा थप १५ करोड गरी जिल्लामा ६५ करोड मात्र रकम आएको
बताउनुभयो । प्रमख जिल्ला अधिकारी लामिछानेले आएको रकम सबै गाविसका साथै दुई वटै नगरपालिकाका
स्थानीयहरुलाई पठाईएको र नपुग रकम केन्द्रमा माग भई रहेकाले आउने वित्तिकै सबै रकम बाँकी रहेका भुकम्प
पिडीतहरुलाई दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अहिले सम्म पनि मागापौवा गाविसका २ सय ३६ घरपरिवारले
अस्थाई आवास निमार्णका लागी नेपाल सरकारले प्रदान गरेको १५ हजार नगद पाएका छैन् भने ६ सय ६९ जनाले
न्यानो कपडा खरिदका लागी दिएको १० हजार रकम नपाएको विज्ञप्तीमा उल्लेख गरीएको छ । बोच गाविसमा पनि २ सय
९७ घरपरिवारले नगद १५ हजार र ६ सय १७ घरपरिवारले नगद १० हजार रुपैयाँ नपाएको वताएका छन् । यता पवटी
गाविसको वडा नम्वर ६ का सबै घरपरिवारले नगद १० हजार पाएका छैन् भने कति पय स्थानीयहरुले १५ हजार नपाएको
उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का