नन्दराम जैशी | साउन ७ जुम्ला | चन्दननाथ उच्च मावि खलंगा बजारमा एचए अध्ययनरत ४ जना बढि विद्याँर्थी माथि बिहिबार दिउसो अज्ञात समुहद्धारा हातपात भएको छ । विद्यार्थिहरु आज दिउसो विद्यालयब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन ७ जुम्ला | चन्दननाथ उच्च मावि खलंगा बजारमा एचए अध्ययनरत ४ जना बढि विद्याँर्थी माथि बिहिबार दिउसो अज्ञात समुहद्धारा हातपात भएको छ । विद्यार्थिहरु आज दिउसो विद्यालयब"/>
2026-10-15 06:06 AM
जुम्ला - JML

एचए अध्ययनरत विद्याँर्थी माथि अज्ञात समुहद्धारा हातपात

नन्दराम जैशी | साउन ७ जुम्ला | चन्दननाथ उच्च मावि खलंगा बजारमा एचए अध्ययनरत ४ जना बढि विद्याँर्थी माथि बिहिबार दिउसो अज्ञात समुहद्धारा हातपात भएको छ । विद्यार्थिहरु आज दिउसो विद्यालयबाट पढेर घर फर्कदै गर्दा चन्दननाथ उच्च माविमा एचए अध्ययनरत नरेन्द्र हमाल लगायतका विद्यार्थीहरु माथि अज्ञात समुहद्धारा हातपात भएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार अज्ञात समुहद्धारा विद्यार्थि माथि हातपात हुदाँ एचए अध्ययनरत लक्ष्मण खत्री, लोक बहादुर बोहोरा र रुपेस उपाध्याय लगायतका छात्राहरुमाथि पनि हातपात भएको बताईएको छ ।

हातपात पछि घाईते नरेन्द्र हमालको आँखा र ढाडमा चोट लागेको छ भने, अन्य विद्यार्थीहरुलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घाईतेलाई कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि मेडिकल जाँच भैरहेको छ । अज्ञात समुहले विद्यार्थिमाथि हातपात गर्दै छात्र नरेन्द्र हमालको सिक्रि र आइफोन गरी करीब ६० हजार बराबर सामान लुटेर लिएको उहाले बताएका छन् ।  

यसैबिच एचए मा अध्ययनरत सबै विद्याँर्थीहरुले यस अघि पनि विभिन्न व्यक्तिहरु बाट आफुहरुलाई धम्की आउने गरेको बताएका छन् । साथै उनिहरुले दोषीलाई कडा कारबाहिको माग गर्दै प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् । यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक दिल बहादुर थापाले दोषीको अनुसन्धान भईरहेको र दोषी किटान गरी कारबाहीको दायरामा ल्याईने जानकारी दिनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने