२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गर्ने क्रम तिव्र

२०७२, २७ माघ बुधबार ११:५९

ताराबहादुर महत, माघ २७, दोलखा ।
दोलखाको मागापौवा गाविसमा
सामुदायिक मेलमिलाप केन्द्रको आज उद्घाटन गरीएको छ । गाविस सचिव विनिता पौडेलले एक कार्यक्रमकाबिच
केन्द्रको उद्घाटन गर्र्नुभएको थियो । सामुदायिक मेलमिलाप केन्द्र मागापौवाकी संयोजक सुनकुमारी भुजेलको
अध्यक्षतामा भएको कार्यक्रममा  नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य धनबहादुर तामाङ, एमाले क्षेत्र
नम्बर २ का क्षत्रिय कमिटी सदस्य भरतप्रसाद ढुङगेल, नेपाली काङग्रेस मागापौवाका सभापति कृतिबहादुर
तामाङ, एकिकृत माओवादी मागापौवाका अध्यक्ष मानबहादुर सुवेदी, शैलुङ क्याम्पस मागापौवाका प्रमुख विदुर
सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो  । कार्यक्रममा उपस्थित स्थानीय राजनीतिक दलका प्रमुख
तथा प्रतिनीधी, शिक्षक, बुद्धिजिवी लगायतको मन्तव्य राख्नुहुँदै गाविसमा मेलमिलाप कायम राख्न केन्द्रले
सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुका साथै केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको
छ ।
आजै एक कार्यक्रमकाबिच लामिडाँडा गाविसमा पनि सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन गरिएको छ ।
समुदायस्तरमा रहेका सामान्य विवादहरुलाई स्थानिय स्तरमै समाधान गरी समुदायमा दिगो शान्ति कायम गर्ने
उद्धेश्यले द एसिया फउण्डेसनको आर्थिक  सहयोगमा  प्राकृतिक  स्रोत द्वन्द्व  रुपान्तरण केन्द्र
(एनआरसीटीसी) नेपालले दोलखासहित भुकम्प अति प्रभावित पाँच जिल्लामा सन् २०१५ को सेप्टेम्बर महिनादेखि
सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरीरहेको छ । यसअघि दोलखामा एक दर्जनबढी मेलमिलाप केन्द्र उद्घाटन
गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !