१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गर्ने क्रम तिव्र

२७ माघ २०७२, बुधबार ११:५९

ताराबहादुर महत, माघ २७, दोलखा ।
दोलखाको मागापौवा गाविसमा
सामुदायिक मेलमिलाप केन्द्रको आज उद्घाटन गरीएको छ । गाविस सचिव विनिता पौडेलले एक कार्यक्रमकाबिच
केन्द्रको उद्घाटन गर्र्नुभएको थियो । सामुदायिक मेलमिलाप केन्द्र मागापौवाकी संयोजक सुनकुमारी भुजेलको
अध्यक्षतामा भएको कार्यक्रममा  नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य धनबहादुर तामाङ, एमाले क्षेत्र
नम्बर २ का क्षत्रिय कमिटी सदस्य भरतप्रसाद ढुङगेल, नेपाली काङग्रेस मागापौवाका सभापति कृतिबहादुर
तामाङ, एकिकृत माओवादी मागापौवाका अध्यक्ष मानबहादुर सुवेदी, शैलुङ क्याम्पस मागापौवाका प्रमुख विदुर
सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो  । कार्यक्रममा उपस्थित स्थानीय राजनीतिक दलका प्रमुख
तथा प्रतिनीधी, शिक्षक, बुद्धिजिवी लगायतको मन्तव्य राख्नुहुँदै गाविसमा मेलमिलाप कायम राख्न केन्द्रले
सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुका साथै केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको
छ ।
आजै एक कार्यक्रमकाबिच लामिडाँडा गाविसमा पनि सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन गरिएको छ ।
समुदायस्तरमा रहेका सामान्य विवादहरुलाई स्थानिय स्तरमै समाधान गरी समुदायमा दिगो शान्ति कायम गर्ने
उद्धेश्यले द एसिया फउण्डेसनको आर्थिक  सहयोगमा  प्राकृतिक  स्रोत द्वन्द्व  रुपान्तरण केन्द्र
(एनआरसीटीसी) नेपालले दोलखासहित भुकम्प अति प्रभावित पाँच जिल्लामा सन् २०१५ को सेप्टेम्बर महिनादेखि
सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरीरहेको छ । यसअघि दोलखामा एक दर्जनबढी मेलमिलाप केन्द्र उद्घाटन
गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का