७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गर्ने क्रम तिव्र

२७ माघ २०७२, बुधबार ११:५९

ताराबहादुर महत, माघ २७, दोलखा ।
दोलखाको मागापौवा गाविसमा
सामुदायिक मेलमिलाप केन्द्रको आज उद्घाटन गरीएको छ । गाविस सचिव विनिता पौडेलले एक कार्यक्रमकाबिच
केन्द्रको उद्घाटन गर्र्नुभएको थियो । सामुदायिक मेलमिलाप केन्द्र मागापौवाकी संयोजक सुनकुमारी भुजेलको
अध्यक्षतामा भएको कार्यक्रममा  नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य धनबहादुर तामाङ, एमाले क्षेत्र
नम्बर २ का क्षत्रिय कमिटी सदस्य भरतप्रसाद ढुङगेल, नेपाली काङग्रेस मागापौवाका सभापति कृतिबहादुर
तामाङ, एकिकृत माओवादी मागापौवाका अध्यक्ष मानबहादुर सुवेदी, शैलुङ क्याम्पस मागापौवाका प्रमुख विदुर
सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो  । कार्यक्रममा उपस्थित स्थानीय राजनीतिक दलका प्रमुख
तथा प्रतिनीधी, शिक्षक, बुद्धिजिवी लगायतको मन्तव्य राख्नुहुँदै गाविसमा मेलमिलाप कायम राख्न केन्द्रले
सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुका साथै केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको
छ ।
आजै एक कार्यक्रमकाबिच लामिडाँडा गाविसमा पनि सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन गरिएको छ ।
समुदायस्तरमा रहेका सामान्य विवादहरुलाई स्थानिय स्तरमै समाधान गरी समुदायमा दिगो शान्ति कायम गर्ने
उद्धेश्यले द एसिया फउण्डेसनको आर्थिक  सहयोगमा  प्राकृतिक  स्रोत द्वन्द्व  रुपान्तरण केन्द्र
(एनआरसीटीसी) नेपालले दोलखासहित भुकम्प अति प्रभावित पाँच जिल्लामा सन् २०१५ को सेप्टेम्बर महिनादेखि
सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरीरहेको छ । यसअघि दोलखामा एक दर्जनबढी मेलमिलाप केन्द्र उद्घाटन
गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट पौडेललाई बनाउने सहमति वनमन्त्री शाही चीन प्रस्थान ‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’ तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक त्रिभुवन विमानस्थलबाट २५ ग्राम सुनसहित एकजना पक्राउ ४ बजे गभर्नर सिफारिस बैठक, ५बजे मन्त्रिपरिषदको बैठक बस्ने ‘विपद् जोखिम न्यूनीकरणमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आवश्यक’