Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा आवको अन्त्यमा टालटुले काम, आधा योजना अलपत्र

२०७७, ७ असार आईतवार ०५:३७

असार ७, सर्लाही । आर्थिक वर्षको लामो समयसम्म काम नगर्ने र समय सकिन लागेपछि बजेट खर्च गर्ने सरकारी प्रवृत्ति अझै छँदैछ । जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा यतिखेर उपभोक्ता समिति गठन गरेर विकास निर्माणका काम धमाधम भइरहेको छ ।

यस वर्ष जिल्लाका अधिकांश स्थानीय निकायले सडक विस्तार तथा स्तरोन्नतिलाई प्राथमिकतामा पारेका छन् । विकास निर्माणका लागि जिल्लाका स्थानीय निकायले रु ८० लाखदेखि एक करोड २५ लाखसम्म बजेट वडा कार्यालयका लागि साना तथा ठूला योजनाको काम धमाधम भइरहे पनि ठूला योजना गर्न छुट्याएको योजना अलपत्र छन् ।

चालू आर्थिक वर्ष २०७६ /७७ सकिन अब करिब एक महिना बाँकी छँदा स्थानीय  निकाय धमाधम बजेट सक्ने कसरतमा लागेका छन् । नगरपालिकाहरुले प्रत्येक वडालाई रु ८० लाखदेखि एक करोड २५ लाखसम्म बजेट  भागबण्डा लगाएर सकाउन निर्देशन नै जारी गरेको केही वडाध्यक्षहरुले बताएका छन् । त्यही बजेटले वडाध्यक्षले भित्री गाउँहरुमा नयाँ सडक बनाउने, पिसीसी ढलान गर्ने, कालोपत्र गर्ने काम शुरु गरेका छन् । हतारमा उपभोक्ता समिति गठन गर्ने तथा ठेक्का लगाउने समिति गठन गर्दा तथा ठेक्का लगाउँदा नगरप्रमुख तथा उपप्रमुखका आसेपासेहरु र कतिपय वडाध्यक्षहरुलाई पार्ने प्रवृत्तिका कारण काम जति गुणस्तरीय हुनुपर्ने हो सोअनुसार नहुने गरेको देखिएको छ ।

जिल्लाका विभिन्न स्थानीय निकायहरुले ठेक्कामार्फत तथा निर्माण उपभोक्ता समितिमार्फत गरेका विकास निर्माणका काम गुणस्तरहीन हुँदा निर्माण सम्पन्न भएको केही समयमै भत्किन थालेका छन् । त्यस्तै जिल्लाका अधिकांश स्थानीय निकायले गरेको काम गुणस्तरीय नभएको भन्दै चैतर्फी विरोधसमेत भएका छन् । चालू आर्थिक वर्षमा जिल्लाका सबै स्थानीय निकायले सडकलाई विकासको प्राथमिकतामा राखेका जिल्ला समन्वय समिति सर्लाहीका  सभापति मेथुर चौधरीले बताउनुभयो । परिषद् ढिलो हुँदा कतिपय स्थानीय निकायले समयमै काम शुरु गर्न नसक्दा काम भइरहेको सभापति चौधरीले बताउनुभयो ।

अहिले स्थानीय प्रदेश तथा केन्द्र सरकारका योजनाअन्तर्गत विभिन्न सडकको काम भइरहेको छ । चालू आवमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण देश लकडाउनमा परेपछि आफूहरुले सोचेअनुसारको काम गर्न नपाएको स्थानीय निकायका प्रमुखहरुले बताएका छन् भने बलरा नगरपालिकालगायतका स्थानीय निकायमा नगरप्रमुख तथा उपप्रमुख र जनप्रतिनिधिबीचमा उत्पन्न विवादले नगरको कुनै पनि विकास निर्माणका काम नै हुन सकेनन् ।

एघार नगरपालिका र नौ गाउँपालिका रहेको जिल्लामा हजारौँ योजना ठेक्का प्रक्रियामार्फत सञ्चालित छन् भने कतिपय योजना निर्माण उपभोक्ता समितिमार्फत सञ्चालित छन् । जसमा केही योजना बहुवर्षे भए पनि धेरै योजना एकवर्षे रहेका छन् । वर्षायाम शुुरु भइसक्दा र दैनिक पानी परिरहँदा पनि  सडक निर्माणको काम निरन्तर भइरहँदा दिगो निर्माण नहुनेमा स्थानीयवासी चिन्तित छन् । ठेकेदार कम्पनी र निर्माण उपभोक्ता समिति जति चाँडो काम सकाएर बिल फछ्र्योट गर्ने दाउमा रहेका छन् । विकास निर्माणको काम समयमै नहुँदा दिगो नहुनेमा स्थानीयवासीको चिन्ता भइरहँदा दिनमा एक÷दुई किलोमिटरसम्म  सडकको काम सकाउने दाउमा ठेकेदार र निर्माण उपभोक्ता समिति रहँदा हरेक वर्ष टालटुले काम हुने गरेको स्थानीय जानकारले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी