साउन ७, कपिलबस्तु । कपिलबस्तुका ५३ गाबिस मध्ये १७ गाविस न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्यांकनमा असफल भएका छन् । जिल्लाका विद्यानगर, पत्थरदेईया, नन्दनगर,&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, कपिलबस्तु । कपिलबस्तुका ५३ गाबिस मध्ये १७ गाविस न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्यांकनमा असफल भएका छन् । जिल्लाका विद्यानगर, पत्थरदेईया, नन्दनगर,&nb"/>
2026-10-31 12:56 PM
कपिलवस्तु - KPL

कपिलबस्तुका १७ गाविस न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्यांकनमा असफल

साउन ७, कपिलबस्तु । कपिलबस्तुका ५३ गाबिस मध्ये १७ गाविस न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्यांकनमा असफल भएका छन् । जिल्लाका विद्यानगर, पत्थरदेईया, नन्दनगर, हर्दौना, गौरी, दोहनी, धरमपनिया, विठुवा, बिजुवा, बासखोर, बसन्तपुर, फुलिका, सौराहा, हरनामपुर, पिपरा, निग्लिहवा र पतरिया गरी जिल्लाका १७ गाविस न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्यांकनमा असफल भएका छन् । भने बांकी ३६ गाविस सफल भएका जिल्ला बिकास समितीका सुचना अधिकृत राजन कुमार पोख्रेलले बताउनुभएको छ ।

उक्त सूचीमा लुम्वीनी अञ्चलका नवलपरासी र रुपन्देही जिल्ला पनि रहेका छन । उक्त मूल्यांकनको आधारमा तराईका १८ जिल्ला मध्ये कपिलवस्तु चौथो स्थानमा रहेको छ भने ७५ जिल्ला मध्ये कपिलवस्तु ४५ औं स्थानमा परेको छ । यता कपिलबस्तु नगरपालिकाले जानकारी गराए अनुसार यसवर्ष न्यूनतम शर्त तथा कार्यसम्पादन मापन एमसीपीएममा तेस्रो तहमा परेको बताइएको छ । जस बमोजिम नगरपालिकाले थप अनुदान ९० प्रतिशत पाउने कपिलबस्तु नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराइले बताउनुभएको छ ।

जिल्ला बिकास समिती कपिलबस्तुले यसवर्ष न्यूनतम शर्त तथा कार्यसम्पादन मापन एमसीपीएममा देशभरिबाट ५१ अंक प्राप्त गरेको छ । स्थानीय निकायको वित्तिय आयोगले प्रस्तुत गरेको १३ वटा सूचकहरुको र्शत प्रयोग गरेबापत जिल्ला विकास समिति कपिलबस्तुले यसवर्ष ५१ अँ अंक प्राप्त गरेको हो । आयोगले प्रारम्भिक चरणमा जिल्ला विकास समिति कपिलबस्तुलाई ५१ अंक प्रदान गरेको स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले जानकारी दिनुभएको छ ।

जिल्ला विकास समितिले पेश गरेको कागजी प्रमाणहरुलाई हेरेर वित्तिय आयोगले यतिको नम्बरमा राखेको जिल्ला विकास समिति कपिलबस्तुले जनाएको छ । जिविसले पेश गरेको प्रमाणका आधारमा न्यूनतम शर्त तथा कार्य सम्पादन मापनको आधारमा जिल्ला विकास समितिको पूंजीगत अनुदान अन्र्तगत आगामी आर्थिक बर्ष लागि ८५ प्रतिशत बजेट बढेर आउने निश्चित भएको छ ।

स्थानीय निकायको वित्तिय आयोगले जिल्ला विकास समितिले गरेको कार्यप्रगति र बजेट बांडफांडलाई हेरेर हरेक बर्ष मुलुकभरका जिल्लालाई प्रतिस्पर्धात्मक हिसावले प्राथामिकतामा राखेर नम्बर दिने गर्दै आएको छ । वित्तिय आयोगले अनिबार्य लेखापरीक्षण, समयमा परिषद् गरेको या नगरेको, बाषिर्क समीक्षा, सार्वजनिकीकरण लगायत १३ वटा प्रमुख सूचक राखेर मूल्याङ्कन गरेको हुन्छ । आगामी आर्थिक बर्षका लागि जिविस अनुदानमा ८५ प्रतिशत बजेट थपिने भएपछि जिल्लाको विकास निर्माणमा समेत थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना