२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा मेलमिलाप केन्द्र स्थापना गर्ने क्रम तिव्र

२०७२, २८ माघ बिहीबार ०६:२९

ताराबहादुर महत, माघ २८, दोलखा ।
दोलखाको मागापौवा
गाविसमा सामुदायिक मेलमिलाप केन्द्रको हिजो उद्घाटन गरीएको छ । गाविस सचिव विनिता पौडेलले एक
कार्यक्रमकाबिच केन्द्रको उद्घाटन गर्र्नुभएको थियो । सामुदायिक मेलमिलाप केन्द्र मागापौवाकी संयोजक
सुनकुमारी भुजेलको  अध्यक्षतामा भएको कार्यक्रममा  नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य धनबहादुर
तामाङ, एमाले क्षेत्र नम्बर २ का क्षत्रिय कमिटी सदस्य भरत प्रसाद ढुङगेल, नेपाली काङग्रेस मागापौवाका
सभापति कृतिबहादुर तामाङ, एकिकृत माओवादी मागापौवाका अध्यक्ष मानबहादुर सुवेदी, शैलुङ क्याम्पस
मागापौवाका प्रमुख विदुर सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो  । कार्यक्रममा उपस्थित
स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनीधी, शिक्षक ,बृद्धिजिवी लगायतको मन्तव्य राख्नुहुँदै गाविसमा
मेलमिलाप कायम राख्न केन्द्रले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुका साथै केन्द्रलाई आवश्यक सहयोग
गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
हिजै एक कार्यक्रमकाबिच लामिडाँडा गाविसमा पनि  सामुदायिक
मेलमिलाप केन्द्रको उद्घाटन गरिएको छ । समुदायस्तरमा रहेका सामान्य विवादहरुलाई स्थानिय स्तरमै समाधान
गरी समुदायमा दिगो शान्ति स्थापना गर्ने उद्धेश्यले द एसिया फउण्डेसनको आर्थिक  सहयोगमा  प्राकृतिक
स्रोत द्वन्द्व  रुपान्तरण केन्द्र (एनआरसीटीसी) नेपालले दोलखासहित भुकम्प अति प्रभावित पाँच जिल्लामा
सन् २०१५ को सेप्टेम्बर महिनादेखि सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ