2026-10-15 11:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रदेशदेखि वडास्तरका अनुगमन समिति सक्रिय बनाइँदै

असार ९, सुर्खेत | कर्णाली प्रदेश सरकारले प्रदेशदेखि वडापालिका स्तरसम्मका गठित अनुगमन समितिलाई सक्रिय बनाउने भएको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् तथा कार्यकारी समितिका संयोजक एवं प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा आइतबार बसेको बैठकले कर्णाली प्रदेशका सम्पूर्ण जिल्ला, पालिका र वडास्तरमा गठित अनुगमन समितिहरुलाई कालोबजारी नियन्त्रण गर्न र क्वारेन्टिन मापदण्डअनुरुप सञ्चालन गर्न सक्रिय बनाउने निर्णय गरेको हो ।

अनुगमनलाई चरणबद्धरूपमा अगाडि बढाउन पहिलो चरणमा यही असार १० देखि २० गतेसम्म प्रदेशभरका अनुगमन संयन्त्रमातहत कार्यदल परिचालन गर्ने निर्णय बैठकले गरेको कानूनमन्त्री भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशभरिका क्वारेन्टिन र आइसोलेसन कक्षहरु विश्व स्वास्थ्य सङ्गठनको मापदण्डसँग सापेक्ष हुने गरी निर्माण तथा व्यवस्थापन गर्न गराउन र क्षमता विस्तार गर्नेतर्फ अग्रसर हुन सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय गरिएको छ ।

“बैंकिङ तथा वित्तीय संस्था, औषधि, खाद्यान्नलगायतका पसलहरु र अन्य सार्वजनिक स्थलहरुमा भौतिक दूरी कायम गरी मास्क, सेनिटाइजरसहितका स्वास्थ्य सामग्री प्रयोगको व्यवस्थाका लागि सरोकारवाला निकायलाई परिचालन गरिनेछ,” मन्त्री भण्डारीले भन्नुभयो, “प्रदेशमा गठित विभिन्न स्तरका अनुगमन समितिलाई कार्यप्रगतिको समीक्षा गरी त्यसको प्रतिवेदन उच्चस्तरीय अनुगमन समितिमा पठाउने व्यवस्था गर्नेसमेतको पनि निर्णय भएको छ ।”

त्यसैगरी, मूल्य सूची सार्वजनिक गर्नुका साथै भौतिक दूरी कायम गरी दैनिक उपभोग्य वस्तुको बिक्रीवितरणको व्यवस्था गर्न प्रशासन, सुरक्षा निकायलगायत सरोकारवालालाई परिचालन गर्ने, सुरक्षा निकायको सतर्कता चौबिसै घण्टा रहने गरी व्यवस्थापन गर्ने गराउने, बजार अनुगमन गरी खाद्य, औषधिजन्य र निर्माण सामग्रीको अवस्था अभिलेख राख्ने व्यवस्था मिलाउनेलगायतका निर्णय भएको उहाँको भनाइ छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशमा रहेको हटलाइन सेवा १११० र फोन नं ०८३–५२१३५० मा कालोबजारी र क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धी सूचना दिन सम्पूर्ण नागरिकलाई अनुरोध गर्ने निर्णय भएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने