2026-09-12 06:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

फोहर गर्नेको विवरण दिनेलाई पुरस्कार

असार १०, लमही। तुलसीपुर उपमहानगरपालिकाले फोहर गर्ने व्यक्तिको विवरण दिनेलाई पुरस्कार दिने नीति ल्याएको छ । उपमहानगरपालिकाको  आगामी वर्षको नीति तथा कार्यक्रममा फोहर गर्ने व्यक्तिको तस्वीर र भिडियोसहितको विवरण राखी जानकारी दिने व्यक्ति वा संस्थालाई पुरस्कार प्रदान गरिने उल्लेख छ । 

जथाभाबी फोहर फाल्दा बजारको फोहर बाढीले बगाएर किसानको खेतबारीमा पुर्याउँदा खेती गर्न समस्या हुने र उत्पादन घट्ने समस्या देखिएपछि नगरपालिकाले यस्तो नीति बनाएको  नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।  त्यस्तै फोहोर गर्ने व्यक्तिलाई आवश्यक कारबाही गरिनाका साथै  फोहोर गर्नेले मोहर तिर्नुपर्छ भन्ने अवधारणा लागु गरिने छ । टोल विकास संस्थालाई आफ्नो टोल आफैं सफा राखौं अभियानमा सहभागी गराउँदै ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर अभियानलाई नगरका सबै क्षेत्रमा विस्तार गरिने तथा बेवारिसे लाश र मरेका चौपायाको तत्काल व्यवस्थापन गरिने नीति सार्वजनिक गरिएको छ । 

फोहोर मैला संकलन तथा सरसफाइमा खट्ने कर्मचारीको स्वास्थ्य परीक्षणलगायत अन्य सुरक्षा मापदण्ड अपनाइने र सरसफाइ तथा फोहोर मैला व्यवस्थापनमा टोल विकास संस्था, निजी क्षेत्र सहकारी र समुदायबीच सहकार्य गरिनेछ । त्यसैगरी स्थायी ल्याण्डफिल साइटको व्यवस्था गरिने नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । बजारमा प्लाष्टिक झोलामा कडाइ गरेको उपमहानगरपालिकाले नगर क्षेत्रभित्र २० माइक्रोनभन्दा कमको प्लाटिक झोला प्रयोगमा निषेध गर्ने नीति तथा कार्यक्रममा ल्याएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग