ताराबहादुर महत, फागुन ४, दोलखा
दोलखामा गत माघ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने क्रम बढेको पाईएको छ
।
गत माघ महिनामा मात्र नियम उल्लंघन गर्ने सवारी चालकहरुबाट
जरिवाना स्वरुप विभिन्न शीर्षकमा १ लाख २२ हजार राजस्व उठाईएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले
जनाएको छ । मादक पदार्थ सेवन, ओभरलोड बोक्ने सावारी सधान, बिलबुक नबोकी सवारी साधन चलाउने चालक
लगायतका सवारी कारबाहिबाट १ लाख २२ हजार २ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका
ट्राफिक हवल्दार ढालबहादुर खत्रीले जानकारी दिनुभयो ।
उहाँका
अनुसार गत पौष महिनाको तुलनामा माघ महिनामा नियम उल्लंघनमा कमी आएको भएपनि पहिलेको अवस्थामा खासै सुधार
हुन सकेको छैन ।