Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दाङमा जङ्गली च्याउ खाँदा १४ जना बिरामी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार १२,  दाङ । दाङमा जङ्गली च्याउ खाँदा १४ जना बिरामी परेका छन् । प्रदेश नं ५ प्रहरी कार्यालय दाङका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा गए राति ८ बजेदेखि उनीहरु बिरामी परेका हुन् ।

प्रदेश नं ५ प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं ५ रानीजरुवा निवासी ३५ वर्षीया विमला विक, उहाँकी ११ वर्षीया छोरी र १० वर्षीय छोरा, सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं ३ निवासी १७ वर्षीया, तुलसीपुर ५ निवासी ३६ वर्षीय टेकबहादुर पुन, ३३ वर्षीय कमला पुन र  उहाँका १९ वर्षीय छोरा टोपेन्द्र बिरामी परेका छन् ।

त्यस्तै तुलसीपुर ५ निवासी चीनबहादुर रानाका नौ वर्षीया छोरी र पाँच वर्षीय छोरा, ओसो घर्ती मगरकी १८ वर्षीया छोरी निर्मला, २४ वर्षीय खिमा पुन, १५ वर्षीया एक बालिका, ३५ वर्षीया विपना घर्ती र  कमानसिंह पुनकी १० वर्षीया छोरी बिरामी परेका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

यसैबीच दाङमा एक चित्तल मृत फेला परेको छ । लमही नगरपालिका वडा नं ७ हसनापुरमा विहीबार राति ११ बजे नवशान्ति सामुदायिक वनमा उक्त चित्तल मृत फेला परेको डिभिजन वन कार्यालय दाङ, देउखुरीका प्रमुख प्रवीण बिंडारीले बताउनुभयो ।

वनको टोली गस्ती गएका बेला मुख र कानमा चोट लागेका अवस्थामा करीब ४५ किलोको गर्भावस्थाको चित्तल मृतावस्थामा फेला परेको उहाँले बताउनुभयो । मृत चित्तल परीक्षणका लागि रिहार पशु केन्द्रमा लगिएको छ ।