ताराबहादुर महत, फागुन ६, दोलखा
दोलखाको पवटी गाविसमा सामुदायिक
मेलमिलाप केन्द्रको उद्घाटन गरीएको छ । गाविस सचिव अर्जुन पन्थीले एक कार्यक्रमकाबिच हिजो केन्द्रको
उद्घाटन गर्र्नुभएको होे । सामुदायिक मेलमिलाप केन्द्र पवटीका संयोजक शोभित प्रसाद उप्रेतीको
अध्यक्षतामा भएको कार्यक्रममा प्राकृतिक स्रोत द्वोन्द्व रुपान्तरण केन्द्र (एनआरसीटीसी) नेपाल
दोलखाका प्रशिक्षक तारा बहादुर महत, नेकपा एमाले पवटीका अध्यक्ष ईश्वर प्रसाद कोईराला, एकीकृत माओवादी
पवटीका ईन्चार्ज गँगा बहादुर कोईराला, नेपाली काङग्रेसका प्रतिनीधी हरी बहादुर खड्का, सत्यश्वर उच्च
माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्द प्रसाद उप्रेती, हाम्रो सुर्योदय बचत तथा ऋण सहकारी संस्था
पवटीका अध्यक्ष भवानी प्रसाद ओली, स्वास्थ्य चौकीका प्रतिनिधि सविना पुरी र स्थानीय बुद्धिजिवि माधव
प्रसाद उप्रेति लगायतको मन्तव्य व्यक्त गर्नु भएको थियो । समुदायस्तरमा रहेका सामान्य विवादहरुलाई
स्थानिय स्तरमै समाधान गरी समुदायमा दिगो शान्ति कायम गर्ने उद्धेश्यले द एसिया फाउण्डेसनको आर्थिक
सहयोगमा प्राकृतिक स्रोत द्वोन्द्व रुपान्तरण केन्द्र (एनआरसीटीसी) नेपालले दोलखासहित भुकम्प अति
प्रभावित पाँच जिल्लामा सन् २०१५ को सेप्टेम्बर महिनादेखि सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन
गरीरहेको छ । केन्द्रले यसअघि दोलखामा करिब दुई दर्जन मेलमिलाप केन्द्र स्थापना गरी काम शुरु गरिसकेको छ
।