2026-07-25 01:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा पिसिआर ल्याब स्थापना गर्न वाग्मतीलाई अनुरोध

असार १६, नुवाकोट | नुवाकोट कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लास्थित त्रिशूली अस्पतालमा पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्न वाग्मती प्रदेश कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।  प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले नुवाकोट तथा छिमेकी  धादिङ र रसुवामा समेत कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले  समुदायस्तरमा संक्रमण फैलिने जोखिम कम गर्न पिसिआर ल्याब स्थापना हुुन जरुरी रहेको ठहर गरेको छ । 

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्न आवश्यक सहयोगका लागि गुण नेभर इन्टरनेशनल(जिनआई) र कोइकालाई समेत आग्रह गर्ने निर्णय भएको  जानकारी दिनुभयो । नगर प्रमुख पण्डितका अनुसार  जिल्लामा दुई सय शय्या क्षमताको आइसोलेशन वार्ड निर्माण गर्नुपर्ने हुँदा हाल त्रिशूली अस्पतालमा १० शय्या थप गरी ३० शय्या बनाइने, शैक्षिक विकास तालीम केन्द्र विदुरमा २५ शय्याको आइसोलेसन वार्ड तयार गरिने तथा खरानीटार अस्पतालमा दुई शय्या थप गरी १० शय्या बनाइने निर्णय पनि भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक