२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

२०७७, १७ असार बुधबार १५:०४

असार १७, रुकुम पूर्व | रुकुम(पूर्व)मा श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन् । श्रीमतीले चिर्पटले हान्दा श्रीमान्को ज्यान गएको हो ।  सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हान्दा ज्यान गएको हो ।

पारिवारिक विवादका कारण गए राति ११ बजेतिर श्रीमतीले श्रीमान्लाई दाउराले टाउकामा हान्दा ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान मात्र घटनाबारे जानकारी पाइएको र प्रहरीलाई खबर गरिएको छ । मृतक बिछोडको नाक, मुख र टाउकाबाट रगत बगेको जनाइएको छ । धेरै रगत बगेकै कारण मृत्यु भएको हुन सक्ने अध्यक्ष केसीले बताउनुभयो ।  

घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगिसकेको र रेश्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट