१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

मेलमिलाप केन्द्र स्थापनापछि स्थानिय खुसी

६ फाल्गुन २०७२, बिहीबार ०२:२७

ताराबहादुर महत, फागुन ६, दोलखा
दोलखाको पवटी  गाविसमा सामुदायिक मेलमिलाप
केन्द्रको उद्घाटन गरीएको छ ।

गाविस सचिव अर्जुन पन्थीले  एक
कार्यक्रमकाबिच हिजो केन्द्रको उद्घाटन गर्र्नुभएको होे । सामुदायिक मेलमिलाप केन्द्र पवटीका संयोजक
शोभित प्रसाद उप्रेतीको  अध्यक्षतामा भएको कार्यक्रममा प्राकृतिक  स्रोत द्वोन्द्व  रुपान्तरण केन्द्र
(एनआरसीटीसी) नेपाल दोलखाका प्रशिक्षक तारा बहादुर महत, नेकपा एमाले पवटीका अध्यक्ष ईश्वर प्रसाद
कोईराला, एकीकृत माओवादी पवटीका ईन्चार्ज गँगा बहादुर कोईराला, नेपाली काङग्रेसका प्रतिनीधी हरी बहादुर
खड्का, सत्यश्वर उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्द प्रसाद उप्रेती, हाम्रो सुर्योदय बचत
तथा ऋण सहकारी संस्था पवटीका अध्यक्ष भवानी प्रसाद ओली, स्वास्थ्य चौकीका प्रतिनिधि सविना पुरी र
स्थानीय बुद्धिजिवि माधव प्रसाद उप्रेति लगायतको मन्तव्य व्यक्त गर्नु भएको थियो ।

समुदायस्तरमा रहेका सामान्य विवादहरुलाई स्थानिय स्तरमै समाधान गरी समुदायमा दिगो
शान्ति कायम गर्ने उद्धेश्यले द एसिया फाउण्डेसनको आर्थिक सहयोगमा प्राकृतिक  स्रोत द्वोन्द्व रुपान्तरण
केन्द्र (एनआरसीटीसी) नेपालले दोलखासहित भुकम्प अति प्रभावित पाँच जिल्लामा सन् २०१५ को सेप्टेम्बर
महिनादेखि सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरीरहेको छ । केन्द्रले यसअघि दोलखामा करिब दुई दर्जन
मेलमिलाप केन्द्र स्थापना गरी काम शुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का