Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

क्वारेन्टिनमा बस्ने घट्दै

२०७७, २० असार शनिबार ०३:१८

असार २०, धनुषा | प्रदेश नं २ मा क्वारेन्टिनमा बस्नेको सङ्ख्या घट्दै गइरहेको छ भने होम क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा वृद्धि भएको छ । यस प्रदेशका आठवटै जिल्लामा रहेका ४५५ वटा क्वारेन्टिनमा असार १८ गतेसम्ममा बस्नेको सङ्ख्या तीन हजार ७७० मा झरेको छ ।

यसअघि, असार १ गतेमा यस प्रदेशका विभिन्न क्वारेन्टिनमा बस्नेको सङ्ख्या १५ हजार ५८१ थियो । कतिपयको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको र सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि आइसोलेसनमा राखिएको कारणले क्वारेन्टिनमा बस्नेको सङ्ख्या निरन्तररुपमा घट्दै गइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा कमी आए पनि होम क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा भने वृद्धि भएको छ । सो मन्त्रालयको तथ्याङ्कअनुसार, असोज १ गतेसम्म होम क्वारेन्टिनमा बस्नेको सङ्ख्या ११ हजार ६४३ थियो । असार १८ गतेसम्ममा यस प्रदेशमा सङ्क्रमित सङ्ख्या १८ हजार ५६० पुगेको छ ।

यस प्रदेशमा असार १८ गतेसम्म ४४ हजार २३२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये पुरुष तीन हजार ३२४ र महिला २२० गरी तीन हजार ५४४ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने ३७ हजार ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । तीन हजार ६०३ जनाको रिपोर्ट आउन बाँकी रहेको सो मन्त्रालयले जनाएको छ । यस प्रदेशमा सङ्क्रमितमध्ये एक हजार ९२३ जना उपचारपश्चात निको भएका छन् भने तीन जनाको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश