२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा महानगरद्वारा अपाङ्गता परिचयपत्र वितरण

२०७७, २० असार शनिबार ११:२०

असार २०, चिप्लेढुङ्गा। बन्दाबन्दीका कारण रोकिएको अपाङ्ता परिचयपत्रलाई पोखरा महानगरले वितरण शुरु गरेको छ ।

महानगरको सामाजिक शाखाद्वारा बिहीबार र शुक्रबार दुई दिनमा ६५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको स्वाबलम्बी जीवन पद्धति समाजका महासचिव एवं अपाङ्गता परिचयपत्र वितरण समितिका सदस्य अञ्जना केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बन्दाबन्दीका कारण अपाङ्गता भएका थुप्रै व्यक्ति परिचयपत्र पाउनबाट बञ्चित हुनुभएको थियो, त्यसलाई ध्यान दिएर बिहीबार र शुक्रबार ६५ जनालाई परिचयपत्र वितरण भएको छ ।” उहाँले अति आवश्यक पर्ने केहीलाई बन्दाबन्दीका बीचमा पनि परिचयपत्र वितरण गरेर पछि समितिबाट पारित गरिएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार पोखरा महानगरपालिका उपप्रमुख मञ्जदेवी गुरुङको संयोजकत्वमा गठित समितिले प्रत्येक महिनाको अन्तिम सोमबार अपागङ्ता परिचयपत्र वितरण गर्दै आएको थियो । बन्दाबन्दीका कारण गत फागुनदेखि जेठसम्म परिचयपत्र वितरण हुनसकेको थिएन । परिचयपत्र पूर्ण अशक्त, अतिअशक्त, मध्यम र सामान्य अपाङ्गता गरी चार तहमा विभाजन गरिएको छ । 

पूर्ण अशक्त अपाङ्गता भएकाको मासिक रु तीन हजार र अतिअशक्तले रु एक हजार ६०० मासिक भत्ता पाउँदै आएका छन् भने मध्यम र सामान्यले परिचयपत्रबाट अन्य सुविधा उपभोग गर्न पाउनेछन् ।

परिचयपत्रका लागि चिकित्सकको मेडिकल रिपोर्ट एवं सिफारिस, सम्बन्धित वडाको सिफारिस र आवश्यक कागजातका आधारमा समितिको निर्णयबाट वितरण गर्ने गरिन्छ । महानगरको ३३ वटा वडाबाट हालसम्म अपाङ्गता परिचयपत्र पाउने ७८५ जना रहेको उहाँले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी