2026-07-25 03:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

अस्तव्यस्त सडकः दर्जन घर जोखिममा

असार २२, बाजुरा। लगातारको वर्षाले  जिल्लाको जनजीवन निकै त्रसित बनेको छ । भिरालो र पाखो जमीनका बस्तीमा पहिराको जोखिम बढेको छ भने सडक बाटो अवरुद्ध हुँदा आवतजावत रोकिएको छ । पहिराकै कारण दर्जनाँै बस्ती जोखिममा परेपछि जनजीवन त्रसित बनेको हो । 

साँफे–मार्तडी सडकअन्तर्गत बल्देदेखि मार्तडीसम्मको आवतजावत आंशिक रुपमा बन्द भइरहने गरेको छ  भने मार्तडी –कोल्टी सडक पूर्ण रुपमा बन्द भएको छ । मार्तडीको बाउली खोलादेखि पोरखे लेकसम्मको बाटो बाढीको पानीले बगाएर क्षति पु¥याएको छ । बाउली खोलाले पूरै बाटाका निशाना नै मेटाएर बगर बनाएको छ  भने  चुथीदेखि माथिको सडकमा पहिरो खसेर सडक भासिएको छ । बीचमा पुगेका सवारी साधन अलपत्र अवस्थामा छन् ।

ट्रयाक्टर बीचमै रोकिएपछि चालकसहित सामानसमेत अस्तव्यस्त अवस्थामा छन् । पाण्डुसैनदेखि वीरसैनसम्म बाटो सञ्चालनमा रहे पनि दानसाँघुमा पुल नहुँदा फेरि सडक बन्द भएको छ । खाद्य पदार्थ ढुवानीदेखि दैनिक आवतजावतमा समेत समस्या भएको छ । 

यस्तै मार्तडी गौमूल, मार्तडी भौनेरा, डाब खप्तड, बेतालमाण्डौ गुदुखातीलगायत क्षेत्रको आवतजावत पनि अवरुद्ध भएको छ । वर्षाले ठाउँठाउँमा पहिरो गएको र घर माथिबाट पहिरो बग्ने र घर भत्किनेक्रम बढेपछि सर्वसाधारण त्रसित बनेका छन् । लगातार वर्षाका कारण भत्किएको सडक अहिले नै बनाउने अवस्थामा नरहेको र मौसममा सुधार आउनेबित्तिकै मर्मततिर लाग्ने गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । 

अहिलेसम्म मानवीय क्षति नभए पनि भौतिक रुपमा बाटो, घर, सडक र  सिँचाइ कुलो भत्किएर लाखौँ नोक्सान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाईगोरु चरिचरनमा समस्या देखिएको छ  भने पशुपालक किसानलाई घाँसपात गर्नसमेत मुश्किल बनेको छ । पुराना र जीर्ण बन्दै गएका संरचना भत्किएको र चर्किएको भन्ने खबर आएको प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताउनुभयो ।  

डोजरको प्रयोग गरिएका सडकमा बढी क्षति भएको पाइएको छ । भत्किने कार्य पनि ती क्षेत्रमा बढी देखिएको छ । कालोपत्रे गरिएको साँफे –मार्तडी सडक मार्तडी बजार क्षेत्र नजीकै पूर्ण रुपमा क्षति भएको छ । पहिराको उच्च जोखिममा रहेका परिवारलाई सचेत भएर बस्न र सतर्कता अपनाउन प्रहरी प्रशासनले आग्रह गरिसकेको प्रमुख भट्टराईले बताउनुभयो । 

मुसलधारे वर्षाका कारण हुन सक्ने क्षतिलाई ध्यानमा राखी सबैले आआफ्ना क्षेत्रबाट सुरक्षाका लागि तयारी अवस्थामा बस्नुपर्ने सुझाव दिइएको छ । यसैबीच मार्तडी बजार क्षेत्रभित्र दुनी हाट बजार र खेलकूद मैदान आसपास क्षेत्रका घरमा पानी पसेपछि बस्नलाई असहज भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक