साउन ८,  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  साउन ८, 
2026-07-24 09:46 PM
कपिलवस्तु - KPL

माई रिपब्लिकाको सम्पादकीयप्रति राष्ट्रिय मदरसा संघको गम्भीर आपत्ति

 साउन ८, कृष्णनगर (कपिलवस्तु) । नेपालको चर्चित राष्ट्रिय अंग्रेजी दैनिक “माई रिपब्लिका” मा छापिएको “नेपालमा आतंकबाद” शीर्षकको सम्पादकीयप्रति राष्ट्रिय मदरसा संघ नेपालले गम्भीर आपत्ति जनाएको छ ।

विभिन्न मुलुकमा भइरहेका आतंकबादी घटनाको चर्चा गर्दै गत १६ जुलाई शनिबारको सम्पादकीयमा माई रिपब्लिकाले नेपाललाई अति सम्बेदनशील क्षेत्र बताउँदै नेपाली मुसलमान र मदरसालाई कठघरामा उभ्याउने जस्ता अनुचित शब्द प्रयोग गरेकोप्रति राष्ट्रिय मदरसा संघ नेपालले आपत्ति जाहेर गरेको हो । मदरसा संघको कृष्णनगरमा बसेको आपतकालिन बैठकले एक प्रेसविज्ञप्ती प्रकाशित गर्दै पत्रिकाको निराधार, मनगणन्ते र गैर जिम्मेवार लेखप्रति घोर भ्रत्सना गरेको छ ।

राष्ट्रिय मदरसा संघका केन्द्रिय अध्यक्ष डा. अब्दुलगनी अल कुफी र महासचिव मौलाना मशहूद खाँ नेपालीको संयुक्त हस्ताक्षरित विज्ञप्तीमार्फत सम्पादकीयको खण्डन गर्दै कारवाहीको माग गरिएको छ । यसबारे छानबीन गरी कारबाही गरिनुपर्ने भन्दै प्रधानमन्त्री कार्यालयमा समेत उजुरी दर्ता गराएको संघका अध्यक्ष अलकुफीले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालयबाट कारबाही गरिने आश्वासन पाएको अलकुफीले जनाउनुभयो ।

यस किसिमको सम्बेदनशील विषयलाई गम्भीर रुपमा लिंदै मदरसा संघले पत्रिकाका सम्पादक सुभाष घिमिरेलाई टेलिफोनबाटै यस प्रकारको भ्रमात्मक शब्द प्रयोग नगर्न चेतावनी दिएको महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’ले बताउनुभयो । आगामी दिनमा कुनै एउटा समुदाय र भविष्यसँग सम्बन्ध जोडिएका विषयवस्तुलाई सोंचविचार नगरी विना आधार कुनै पनि लेख, समाचार प्रकाशित नगर्न समेत चेतावनी दिएको नेपालीले जनाउनुभयो ।

पत्रिकाका सम्पादक घिमिरेले आफ्नो कमजोरी महसुस गर्दै आगामी दिनमा यस किसिमको गल्ती नदोहोरीयाउने बाचा गरेको मौलाना नेपालीले बताउनुभयो । साथै गत १८ जुलाईमा प्रकाशित पत्रिकाको सम्पादकीयमा क्षमा याचना समेत गरिसकेको नेपालीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक