ताराबहादुर महत, फागुन ६, दोलखा
जिल्ला स्वास्थ्य कार्यालय दोलखाले आगामी चैत
महिना भित्र दोलखा जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरीरहेको जनाएको छ ।
४८ गाविस र दुई नगरपालिका रहेको जिल्ला दोलखालाई आगामी चैत महिना भित्र
खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरिरहेको स्वास्थ्य कार्यालयले अहिले पुर्ण खोपयुक्त गाविस घोषणा गरी
रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका कार्यालय प्रमुख डाक्टर माधव लम्सालले जानकारी दिनुभयो
।
डाक्टर लम्सालका
अनुसार अहिलेसम्म १८ वटा गाविस पुर्ण खोपयुक्त गाविस घोषणा भईसकेका छन् । बाँकी रहेका ३० गाविस र दुई
नगरपालिकालाई यहि फागुन महिना भित्र घोषणा गर्ने तयारी भईरहेको छ ।