ताराबहादुर महत, फागुन ६, दोलखा
नेपाली काङ्ग्रेस दोलखाको १३ औँ जिल्ला सभापति निर्वाचनका
लागी विवाद भए पछि स्थगित भएको निर्वाचन प्रक्रिया यहि फागुन ८ गते हुने भएको छ ।
माघ २६ गते
काङ्ग्रेसका कार्यकर्ताहरुले जिल्ला सभापतिमा बर्मा लामालाई निर्बिरोध चयन गर्न माग गरेपछि गत माघ २५
गते जिल्ला सभापतिको निर्वाचन स्थगित भएको थियो ।
सभापतिको उम्मेद्धवारी घोषणा गरेसँगै जिल्लाबाट नेपाली काङग्रेसको जिल्ला
सभापति पदमा रुद्र बहादुर खड्का, ईश्वर नारायण मानन्धर, बर्मा लामा र कुन्दनराज काफ्ले चार जनाले
उम्मेद्धवारी दर्ता गराउनु भएको छ ।