2026-09-13 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

विपद् व्यवस्थापन कार्यमा जुट्न सुरक्षा निकायलाई निर्देशन

असार ३०, डोटी। बर्सातको समय शुरु भएदेखि जिल्लामा बाढीपहिरोले क्षति गर्न थालेका कारण विपद् व्यवस्थापनमा जुट्न यहाँका सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले विपद् प्रतिकार्यका लागि विभिन्न क्लस्टर बनाएर जिम्मेवारी बाँडफाँड गरिएको बताउनुभयो । उहाँले प्राकृतिक विपद्मा परेकाहरुको उद्धार तथा राहतका कार्यक्रमका लागि पनि पूर्वतयारी गरिएसँगै विपद् व्यवस्थापनमा जुट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइअलर्ट’मा बस्न निर्देशन दिनुभएको हो । 

उहाँले भन्नुभयो, “जिल्लामा हप्तौँदेखि भारी वर्षा शुरु भएको छ, यहाँका कतिपय पालिका बाढी पहिरोको उच्च जोखिममा भएकाले कहीँ कतै कुनै समस्या भए तत्काल उद्धारमा खटिनका लागि सुरक्षा निकायलाई हाइअलर्टमा राख्न निर्देशन दिएको छु ।” त्यसैगरी जिल्ला प्रशासनले जिल्लामा प्राकृति विपद् व्यवस्थापनका पूर्वयोजना तयार गरेको छ । जिल्ला प्रशासन कार्यालयको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट विपद् प्रतिकार्यका योजना पारित गर्दै सोहीअनुसारका तयारी थालिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । केही दिनयतादेखि परिरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएकाले डोटीमा पनि विपद्बाट जोगिन प्राकृतिक विपद् व्यवस्थापनका पूर्वयोजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

त्यसैगरी जिल्लाका नौवटै स्थानीय तहलाई विपद् प्रतिकार्य योजना बनाएर विपद्को पूर्वतयारी गर्न, नदी कटान, बाढीपहिरो तथा डुबान क्षेत्रको पहिचान गरी त्यहाँ बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा राख्नका लागि जिल्ला प्रशासनले सबै स्थानीय तहमा पत्राचारसमेत गरेको छ । जिल्लामा सेतीनदी आसपास बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, गेरुपानी, दिपायल तथा नारिदाङलगायतका क्षेत्रलाई नदीको कटान तथा बाढीले क्षति गर्न सक्ने भन्दै उच्च जोखिममा राखिएको छ ।

विपद् तथा नदीबाट हुने खतराबाट जोगिन प्रशासनले २४सै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशनसमेत दिएको छ । जिल्लामा रहेका विभिन्न अन्य नदी तथा ठूला खोलामा पानीको सतह मापन गरिने उपकरण नभएका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न थालेपछि सतर्कता अपनाउन स्थानीयवासीलाई प्रशासनले आग्रह गरेको छ । जिल्लामा हप्तौँदेखि वर्षा भइरहे पनि सबैजसो नदीमा पानीको बहाव समान्य अवस्थामै रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो । 

डोटी जिल्लामा भारी वर्षा शुरु भएसँगै बाढीपहिरोको त्रास फैलिएको छ । वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध हुँदा स्थानीयवासी, सुत्केरी तथा बिरामीलाई अस्पतालसम्म पु¥याउन समस्या भएको छ । वर्षाकै कारण केही दिन पहिले जिल्लाको सायल गाउँपालिका–२ सिर्मागाउँमा पहिरो जाँदा आठ परिवारका ४० जना विस्थापित भएका थिए । पूर्वीचौकी गाउँपालिकामा पहिरो जाँदा छ महिने एक शिशुको मृत्यु भएको थियो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन