सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोले दुई घर बगायो, पाँच जना बेपत्ता

साझासवाल
1 Min Read

<p>साउन १, सिन्धुपाल्चोक । गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् ।</p><p>राति १ः३० बजे वर्षासँगै झरेको पहिरोमा घर परेको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिनुभयो ।</p><p>पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताउनुभयो ।&nbsp; प्रहरी घटनास्थलमा अझै पुग्नसकेको छैन ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply