2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

अझै पाईएन १० हजार

ताराबहादुर महत, फागुन १७, दोलखा
दोलखाको लापिलाङ्ग गाविस वडा नम्वर ७, ८ र ९का  भुकम्प
पिडीतहरुले न्यानो कपडा खरिद गर्नका लागी नेपाल सरकारले प्रदान गरेको १० हजार रकम अझै नपाएको गुनासो
गरेका छन् ।

गत बैशाख १२,१३ र२९ गते गएको विनाशकारी भुकम्प पछि अस्थाई टहरामा बस्दै आएका गाविसका
वडा नम्वर ७ का २० घरपरिवार, ८ का १ सय ५० घरपरिवार ९ का १ सय ५० घरपरिवारले न्यानो कपडा खरिदका लागी
नेपाल सरकारले प्रदान गरेको १० हजार रकम आफुहरुले अझै नपाएको लापिलाङ्ग गाविस वडा नम्वर ८ का रेजीना
अधिकारीले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो,  ‘‘अस्थाई आवास निमार्ण गर्नका  लागी  नेपाल  सरकारले
प्रदान  गरेको १५ हजार पाएको भएपनि १० हजार भने अहिले सम्म पनि पाएको छैन ।’’

यता जिल्ला दैवी
प्रकोप उद्धार समिती दोलखाका अध्यक्ष एवं्म प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले  जिल्लामा रकम
नभएकाले आफुहरुले रकम दिन नसेको र केन्द्रिय दैवी प्रकोप उद्धार समिती बाट पहिलो चरणमा ५० करोड र दोस्रो
चरणमा थप १५ करोड गरी जिल्लामा ६५ करोड मात्र रकम आएको र उपलब्ध रकम वितरण गरी सकिएको बताउनुभयो । साथै
उहाँले अपुग रकम केन्द्रमा माग भई रहेकाले आउने वितिकै सबै रकम बाँकी रहेका भुकम्प पिडीतहरुलाई दिने
बताउनुभयो । हाल जिल्लामा करिब १७ करोड रुपिँया रकम आवश्यक रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई