Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बन्दाबन्दीमा बलात्कारका घटना वृद्धि

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>साउन २, नारायणपुर । बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले&nbsp; बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना २० दिनका अवधिमा&nbsp; बलात्कारका ३२ घटना भएको जनाएको छ ।&nbsp;<br></p><p>इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार बलात्कारका घटनाबाट जिल्लामा&nbsp; ४० महिला पीडित भएका छन् । सन् २०१९ को पहिलो ६ महिनामा&nbsp; बलात्कार तथा बलात्कार प्रयासका ४२ घटना भएका थिए ।&nbsp;</p><p>इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा बितेको ६ महिनामा जिल्लामा गैरकानूनी रुपमा ३५ जना पक्राउ परेका छन् । यस्तै गत ६ महिनामा बालविवाह र तोडफोड तीनतीन, हत्या– बोक्सी आरोप –घर निकाला –जातीय भेदभाव–तालाबन्दी एकएक, बन्दहड्ताल र आत्महत्या दुरुत्साहन दुईदुई, सम्पत्ति आगजनी चार, धम्की तथा कुटपीट नौ र दुव्र्यवहारसम्बन्धी पाँच घटना भएको इन्सेकले जनाएको छ ।&nbsp; रासस&nbsp;</p>