२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

‘जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता’

२०७७, २ श्रावण शुक्रबार ०४:२२

साउन २, कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले प्राकृतिक विपत्तिबाट जनताको जीवन रक्षा गर्ने कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । पोखरा महानगर तथा माछापुछ्रे गाउँपालिकाका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारणले पुर्याएको क्षतिको निरीक्षणपछि बिहीबार गाउँपालिकामा आयोजित कार्यक्रममा उहाँले सरकारले पहिलो प्राथमिकता जनताको जीउधनको सुरक्षा र उद्धार रहेको र त्यसपछि मात्र राहत, पुनःस्थापना तथा विकास निर्माणका कार्यलाई अघि बढाइने बताउनुभयो । 

यस वर्ष समयमै वर्षा भएका कारणले जिल्लाका विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उहाँले मृतकका परिवारलाई सङ्घ तथा प्रदेश सरकारबाट तत्कालै राहत रकम उपलब्ध गराइएको तथा घरबारविहीन भएकालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत रु ५० हजार बजेट उपलब्ध गराउने गरी विनियोजन गरिसकिएको जानकारी दिनुभयो । प्राकृतिक विपत्ति वर्षेनी झेलिरहने समस्या भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सडक, खानेपानीलगायत विकास निर्माणका संरचनाले समेत प्राकृतिक विपत्तिको जोखिम बढाएको छ, वर्षा निरन्तर रहेकाले भिरालो जमिन, खोला नालाको नजिक तथा पहिराको जोखिम रहेका क्षेत्रका नागरिकलाइ विशेष चनाखो बन्न आग्रह गर्दछु ।”

कोभिड–१९ महामारी तथा रोकथामका लागि जारी बन्दाबन्दीबाट पूर्वाधार विकासका कार्यक्रम प्रभावित भए पनि कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको बताउनुभयो । रातो किताबमा परेका योजनाको कार्यान्वयनका लागि सम्बन्धित उपभोक्ता तथा स्थानीय तह क्रियाशील हुनुपर्नेमा जोड दिँदै मन्त्री विश्वकर्माले भन्नुभयो, “रातो किताबमा परेका योजना कार्यान्वयनमा लैजान सक्रिय हुनुपर्छ ।”

माछापुछ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले कोरोना महामारीका कारणले गत वर्ष पालिकाले ७१ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिँदै निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत ११ योजनामध्ये १० वटा सम्पन्न भएको बताउनुभयो । प्राकृतिक विपत्तिबाट गाउँपालिकामा मानवीय क्षति नभए पनि पहिराले ग्रामीण सडक अवरुद्ध बनेको, खेतीयोग्य जमिन पुरेको तथा नदीले कटान गरेको तथा सिँचाइ नहर बगाएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । मन्त्री विश्वकर्माले गाउँपालिकामा सञ्चालित विभिन्न विकास आयोजनाको समेत अनुगमन तथा प्राकृतिक विपत्तिबाट भएको क्षतिको बारेमा स्थलगत निरीक्षण गर्नुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो