Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

भिटिएमको अभावले स्वाब सङ्कलन सुस्त

२०७७, ४ श्रावण आईतवार ०२:०६

साउन ४, महोत्तरी | पिसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भिटिएम (भाइरस ट्रान्सपोर्ट मिडिया) अभाव हुँदा महोत्तरीमा स्वाब सङ्कलन सुस्त भएको छ । शनिबार महोत्तरीको बर्दिवासमा स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

“तत्काल पिसीआर परीक्षण गरिनुपर्ने यहाँ छन्”, कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहेका वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भन्नुभयो, “तर, हामीसँग पर्याप्त भिटिएम नहुँदा तत्काल पिसीआर परीक्षण गरिनुपर्ने व्यक्तिको पनि स्वाब सङ्कलन गर्न सकेका छैनाँै ।” पछिल्ला केही दिनदेखि त स्वाब सङ्कलन रोकिएकै अवस्थामा पुगेको झाको भनाइ छ ।

जिल्लामा गत चैत तेस्रो सातादेखि क्रमशः क्वारेन्टिन केन्द्रहरु सञ्चालनमा आएका थिए । जेठको दोस्रो सातातिर भारतबाट फर्कनेको सङ्ख्या ह्वात्तै बढ्दा असार लाग्दासम्म क्वारेन्टिन केन्द्रमा बस्नेको सङ्ख्या चार हजारसम्म पुगेको थियो । यद्यपि यो सङ्ख्या अहिले घटेर २८८ मा झरेको कार्यालयले जनाएको छ । जिल्लामा ९५ सम्म पुगेका क्वारेन्टिन केन्द्र पनि अहिले ३२ मा झरेको छ । केन्द्रमा १४ दिन बसेर थप लक्षण नदेखिएपछि होम क्वारेन्टिनमा जाने बढेपछि र सङ्क्रमण पुष्टि भएर आइसोलेसनमा बिरामी गएपछि केन्द्रमा सङ्ख्या घटेको हो ।

जिल्लामा अहिलेसम्म (शनिबारसम्म) तीन हजार ६०५ जनाको स्वाब परीक्षण गरिएको कार्यालयले जनाएको छ । तीमध्ये ८१० को पोजेटिभ र दुई हजार ६७० को नेगेटिभ नतिजा आएको वरिष्ठ जनस्वास्थ्य निरीक्षक झाले बताउनुभयो । स्वाब सङ्कलन गरिएकामध्ये १२५ को नतिजा प्राप्त हुन अझै बाँकी छ ।

जिल्लामा अहिले १८१ आइसोलेसन श्यया छन् । ती श्ययामा २० पुरुष र चार महिलासहित २४ छन् । होम क्वारेन्टिनमा बस्नेको सङ्ख्या पनि घटेर अहिले ३१७ मा झरेको छ । जिल्लामा असार पहिलो सातासम्म होम क्वारेन्टिनमा बस्नेको सङ्ख्या तीन हजार ५०० सम्म पुगेको थियो । जिल्लाका अस्पतालबाट अहिलेसम्म ३१६ सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । सङ्क्रमितमध्ये कतिपय उपचारका क्रममा धनुषाका आइसोलेसन श्ययामा गएका हुँदा उतैबाट निको भएर घर फर्केको झाको भनाइ छ ।

भारतसँग खुला सीमाका कारण सङ्क्रमण सन्त्रास कायमै रहेको हुँदा अहिले हिँडडुल र आवागमनका क्रममा सुरक्षा सतर्कता घटेको स्वास्थ्यकर्मीले औँल्याएका छन् । असारदेखि नै क्रमशः खुकुलिँदै गएको लकडाउनसँगै बजारमा बढ्दो भीडले जोखिम कायमै रहेको झाको भनाइ छ । सधैँ मास्क लगाएर हिँड्ने, भीडभाडमा ननिस्कने, शारीरिक दूरीको ख्याल गर्ने, आन्तरिक सरसफाइ र साबुनपानीले हात धोेइरहने, सफा, ताजा र स्वच्छ खानेकुरा खाने एवं स्वास्थ्यकर्मीको सम्पर्कमा रहने कुरा सङ्क्रमणबाट जोगिने आधारभूत कुरा भएका हुँदा बिर्सन नहुने स्वास्थ्यकर्मीको सुझाव छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ