Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यात्रुबाहक सवारी साधनको ठगी धन्दा

२०७७, ७ श्रावण बुधबार ०४:४०

साउन ७, सर्लाही । जिल्लाका टाटासुमोले लकडाउन खुकुलो बनाइएको मौकामा तेब्बर बढी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । जिल्लाको लालबन्दीलगायत पूर्वपश्चिम लोकमार्गका केही ठाउँबाट चर्को भाडा लिएर टाटासुमो तथा ठूला यात्रुबसले यात्रुलाई काठमाडौँ, पोखरा लाने/ल्याउने गर्न थालेका हुन् । टाटासुमोले यात्रुसँग रु दुई हजार ५०० देखि तीन हजारसम्म भाडा लिइरहेको पाइएको हो भने बसले पनि सोहीअनुसार भाडा असुलिरहेका छन् । अरुबेला टाटासुमोले लालबन्दीबाट काठमाडौँसम्मको भाडा रु एक हजार लिने गरेका थिए भने बसले ६रु ५० लिने गरेका थिए ।

बिरामी बोकेको जस्तो गरी टाटासुमोले हाकाहाकी यात्रु ठग्ने काम गरिरहेको एक स्थानीयवासीले गुनासो गरेका छन् । अत्यावश्यक काम परेका नागरिक तेब्बर बढी भाडा तिरेरै भए पनि काठमाडौँ, पोखरा गइरहेका छन् तर स्थानीय प्रशासनले भने टाटासुमोलाई त्यसरी यात्रु ओसार्न सवारी पास नदिएको जनाएको छ । “टाटासुमोले यात्रु ओसारपसार गरिरहेकोबारे मलाई जानकारी छैन, कसैले त्यसो गरिरहेको भए अवैध हुनेछ”, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भन्नुभयो ।

यात्रु ओसारपसार गर्ने प्रयोजनका लागि अहिले पास दिनै नमिल्नेसमेत प्रमुख जिल्ला अधिकारी जिसीको भनाइ छ । यसैगरी जिल्लामा अहिले बाक्लै मात्रामा चल्न थालेका रिक्सा, म्याजिकजस्ता साना यात्रुवाहक सवारी साधनले पनि साबिकको भन्दा दोब्बर बढी भाडा लिने गरेका यात्रुहरुले गुनासो गरेका छन् । यातायात व्यावसायीले भने पास लिने क्रममा रु चार हजारदेखि सात हजारसम्म शुल्क तिर्नुपरेका कारण भाडा बढेको बताएका छन् । यसबारेमा सम्बन्धित निकाय अनुगमन तथा नियमन गर्नुको सट्टा मौन बसेको यात्रुहरुको आरोप छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी