Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरा जन्मिएपछि बलात्कारी पक्राउ

२०७७, ८ श्रावण बिहीबार १४:५८

साउन ८, भक्तपुर | किशोरी बलात्कारका फरार आरोपीलाई छोरा जन्मिएपछि प्रहरीले पक्राउ गरेको छ । 

पत्रिकाको ग्राहक बनाइदिन्छु भनेर आफ्नै कोठामा लगेर डर, धम्की दिई किशोरी बलात्कार गरी फरार रहेका रामेछाप खाँडादेवी गाउँपालिका–९ का राजेश भन्ने सुरेश भण्डारीलाई प्रहरीले १४ महिनापछि पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । 

मध्यपुरथिमि नगरपालिका–४ मा मासु पसल सञ्चालन गर्ने भण्डारीले २०७६ जेठ २७ गते १७ वर्षीया किशोरीलाई पत्रिकाको ग्राहक बनाउने बाहनामा आफ्नै कोठामा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उहाँले जानकारी दिनुभयो । बलात्कारपछि कसैलाई भने ज्यान मार्ने धम्की दिए कै कारण ती किशोरीले आफू बलात्कृत भएको कसैलाई नभनेको तर सुत्केरी व्यथा लागेर अस्पताल पुगेपछि मात्र यसबारे सबैले थाहा पाएको प्रहरीको भनाइ छ । 

पीडित किशोरी एक सामाजिक संस्थाको संरक्षणमा रहेको र सोही संस्थाले गत असार १४ गते जबरजस्ती करणी मुद्दामा जाहेरी दिएपछि प्रहरीले यही साउन ६ गते भण्डारीलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दाअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको डिएसपी गिरीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ