साउन १०, दार्चुला | दार्चुलामा अधिकांश तस्करी भारतीय नाका भएर हुने गरेको तथ्य सार्वजनिक भएको छ । जिल्ला वन कार्यालय, अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, केन्द्रीय अनुसन्धान व्युरो र अपराध सम्बन्धी काम गर्ने विभिन्न क्षेत्रले गरेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १०, दार्चुला | दार्चुलामा अधिकांश तस्करी भारतीय नाका भएर हुने गरेको तथ्य सार्वजनिक भएको छ । जिल्ला वन कार्यालय, अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, केन्द्रीय अनुसन्धान व्युरो र अपराध सम्बन्धी काम गर्ने विभिन्न क्षेत्रले गरेको"/>
2026-09-18 10:03 PM
दार्चुला - DCL

दार्चुलामा अधिकांश चोरी शिकारीका नाका भारतसँग जोडिएको क्षेत्रमा

साउन १०, दार्चुला | दार्चुलामा अधिकांश तस्करी भारतीय नाका भएर हुने गरेको तथ्य सार्वजनिक भएको छ । जिल्ला वन कार्यालय, अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, केन्द्रीय अनुसन्धान व्युरो र अपराध सम्बन्धी काम गर्ने विभिन्न क्षेत्रले गरेको अध्ययनले तस्करी भारतीय क्षेत्रबाट हुने गरेको सार्वजनिक गरेको हो । 

दार्चुलाको लाली देखि व्यास ताक्लाकोटसम्म २३ वटा चोरी सिकारीका नाकाहरु रहेको खुलेको छ । जसमा अधिकांश कारोबार भारतीय नाकाबाट हुने गरेको देखिएको जिल्ला वन कार्यालय दार्चुलाका सूचना अधिकृत रणेन्द्र सिंहले बताउनुभयो । नेपालतिरका सम्बेदनशिल नाका ३÷४ मात्रै रहेका भएपनि  अरु सबै चोरी शिकारीका नाका भारतसँग जोडिएको क्षेत्रमा छ । तिन चार वर्षसम्मको अध्ययनले भारतबाट नेपाल आएर चीनको ताक्लाकोट अवैध चोरी शिकारीका वस्तु निर्यात हुने गरेको देखिएको छ । गुगल जिपिएस प्रणालीबाट गरिएको अध्ययनले नेपाल सग सीमा जोडिएका भारतीय नाकाहरु सम्बेदनशील छन् । दत्तु पूल घाटदेखि ताक्लाकोट सम्मको नाकाहरु एकिन भएका छन् भने बँकी अझै अध्ययनकै क्रममा रहेको छ । 

सीमा क्षेत्रको पूल, दोबाट, दोपखे, कल्जु खोला, टाटा, तिंकर छांगरु, छियालेक, दुम्लीङ, गव्र्याङ, गर्वाधार, बर्तीघाट, तवाघाट, तिगरमाघाट, कुलागाड, बुदी लगायतका नाकाहरुबाट तस्करी हुने गरेको छ । खासगरी दार्चुलाको तिंकर नाका भएर वन्यजन्तु बढि तस्करी हुने गरेको छ । त्रिदेशी सीमा क्षेत्रमा अवस्थित दार्चुलामा सीमा तस्करी नियन्त्रणको लागि वन्यजन्तु अपराध नियन्त्रण समितिद्धारा सुरक्षा नीति अपनाइने सूचना अधिकृत  सिंहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई