गणेश सिर्पाली | श्रावण–१०, रुकुम | अविरल वर्षाका कारण रुकुमको मुसिकोट नगरपालिका ३ पुरुणडाँडाका १ दर्जनबढी घर पहिरोको उच्च जोखिममा परेका छन् । लगातारको वर्षाका कारण जमिनमा १ मिटर बढी गहिरो धाँजा फाटेपछि गाउँ नै बग्ने जोखिम बढेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली | श्रावण–१०, रुकुम | अविरल वर्षाका कारण रुकुमको मुसिकोट नगरपालिका ३ पुरुणडाँडाका १ दर्जनबढी घर पहिरोको उच्च जोखिममा परेका छन् । लगातारको वर्षाका कारण जमिनमा १ मिटर बढी गहिरो धाँजा फाटेपछि गाउँ नै बग्ने जोखिम बढेको"/>
2026-07-03 04:54 PM
पश्चिमी रुकुम - RKM

दर्जन बढी घर पहिरोको उच्च जोखिममा

गणेश सिर्पाली | श्रावण–१०, रुकुम | अविरल वर्षाका कारण रुकुमको मुसिकोट नगरपालिका ३ पुरुणडाँडाका १ दर्जनबढी घर पहिरोको उच्च जोखिममा परेका छन् । लगातारको वर्षाका कारण जमिनमा १ मिटर बढी गहिरो धाँजा फाटेपछि गाउँ नै बग्ने जोखिम बढेको छ ।

दर्जन बढी घर परिवार वसोवास गर्दै आएको उक्त गाउँ नै १ मिटर बढी भाँसिएपछि जनधन सहित ठुलो क्षतिको उच्च जोखिम रहेको स्थानियले बताएका छन् । वर्षायाम सुरु भएपछि दिनहुँ जसो परिरहेको पानीका कारण हिजो मध्यरातमा जमिनमा धाँजा फाटेको स्थानिय गोविन्द बिकले बताउनुभयो । 

२०६३ सालमा गाउँ नजिकैको तुसेरीखोलीमा गएको ठुलो पहिरोका कारण जमिनमा यसअघि सामान्य चिरा परेपनि यसपटक भने जमिनले नै ठाउँ छाडेपछि गाउँ नै बग्ने होकी भन्दै स्थानिय त्रसित भएका छन् । तुसेरीखोलीमा पहिरो गएपछि पहिरो गएको आसपासमा वर्षेनी जमिन भाँसिने क्रम बढेको स्थानिय बिकको भनाई छ ।  

अहिले दर्जनबढी घरसहित गाउँभन्दा तलतिर रहेको सयौं मुरी उत्पादन हुने काल्ने खेत र बिजुलीका पोलहरु उच्च जोखिममा छन् । ठुलो क्षेत्रफलमा फैलिएको जमिनको ठाउँ ठाउँमा धाँजा फाटेका कारण कतिबेला गाउँलाई नै पहिरोले बगाउने हो भन्दै गाउँहरुले त्रसित बनेको स्थानिय रमेश खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट