Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बडिमालिकामा भक्तजनको चहलपहल

By साझासवाल

साउन १६, सुदूरपश्चिम (रासस) | बाजुरा जिल्लास्थित सुदूरपश्चिम प्रदेशको प्रसिद्ध तीर्थस्थल बडिमालिका शक्तिपिठमा पूजा तथा दर्शन गर्न जाने भक्तजनको यतिबेला चहलपहल शुरु भएको छ ।  बडिमालिकामा हेरक वर्ष साउन शुक्लपक्षबाट शुरु हुने मेला जनैपूर्णिमाको अघिल्लो दिनमा मूल पूजा गरेर समापन हुने गर्दछ ।

बडिमालिकको दर्शन तथा पूजाअर्चना गर्दा चिताएको फल प्राप्त हुने विश्वास सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा रहेको छ । यसैले विभिन्न जिल्लाबाट यहाँ लाग्ने मेलामा भक्तजनको भीड लाग्ने गर्दछ । स्कन्द पुराणमा उल्लेख भएअनुसार मल्ला गिरी पर्वतमा सतीदेवीको बायाँ अङ्ग पतन भई यसै स्थानमा मालिकादेवी उत्पन्न भएकी थिइन् । मालिकादेवी एक प्रमुख शक्तिपिठका रुपमा रहेको बडिमालिका मन्दिरका पुजारी नेत्रराज पाध्याले बताउनुभयो ।

बडिमालिकामाईको पूजाअर्चनाका लागि बाजुरा सदरमुकाम मार्तडीबाट पूजा सामग्रीसहित सरकारी टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । पूजा तथा दर्शनका लागि बाजागाजासहितको टोलीलाई बिदाइ गरिएको मार्तडी नगरपालिकाका प्रमुख पदम बडुवालले जानकारी दिनुभयो ।

पूजाका लागि नगरपालिकाका कर्मचारी विवेश शाह नेतृत्वको टोली बडिमालिका प्रस्थान गरेको हो ।  टोलीलाई पैदल हिँडेर बडिमालिका पुग्न दुई दिन लाग्ने बताइएको छ । औपचारिकरूपमा पूजाआजा गर्ने परम्पराअनुसार छिमेकी जिल्ला अछाम, डोटी, जुम्ला र कालीकोटबाट समेत सरकारी पूजा टोलीसहितका तीर्थयात्री यसअघि नै बडीमालिका प्रस्थान भइसकेका छन् ।

पूजाका लागि डोटीको टोली प्रस्थान गरेको दिन त्यहाँका सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने प्रचलन छ । अछामको प्रसिद्ध वैद्यनाथ धामबाट पनि पूजा गर्ने टोली १० दिनअघि नै प्रस्थान गरिसकेको जनाइएको छ । सो धाम क्षेत्र आसपासमा फलेको धानको नयाँ बाला बडीमालिकामाईको पूजामा चढाउने परम्परा रही आएको छ ।

बडिमालिका शक्तिपिठको दर्शन तथा पूजा गर्ना  चिताएको फल प्राप्त गर्ने मात्र नभई सो क्षेत्रमा रहेका समथर फाँट (२२ वटा पाटन), दह, झरना, त्रिवेणीधाम, विभिन्न प्रजातिका फूलको रमणीय प्राकृतिक दृश्यावलोकनले मनमा शान्ति र आनन्दको अनुभूति हुने  स्थानीय भक्तजन धनबहादुर बोहरा बताउनुहुन्छ ।

बाजुराका चार शक्तिपिठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन स्थानीय परम्पराअनुसार एकसाथ पूजाअर्चना हुने परम्परा रही आएको छ । चार बहिनीका रूपमा यी शक्तिपिठ रहेकाले एकसाथ पूजा गर्ने गरिएको मन्दिरका पुजारी भानुभक्त पाध्यायले जानकारी दिनुभयो । मेलामा विगतका वर्षमा जस्तो दर्शनार्थीको भीड हुन नदिन कोरोना भाइरसको जोखिम हुन नदिन आपसमा सामाजिक दूरी कायम गर्न आग्रह गरिएको  छ ।

बडिमालिका शक्तिपिठ

भौगोलिकरूपमा निकै विकट जिल्ला बाजुराको मध्यभागमा रहेको बडिमालिका शक्तिपिठले जिल्लाको परिचय मात्र होइन, देशैभर गराएको छ । समुद्री सतहबाट चार हजार २१६ मिटरको उचाइमा रहेको यो क्षेत्रमा एक हप्तासम्म पैदलयात्रा गरेर भक्तजन पुग्ने गरेका छन् । सदरमुकाम मार्तडीबाट उत्तरपूर्वतर्फ पर्ने यो क्षेत्रमा पुग्न सडक यातायातको सुविधा नहुँदा भक्तजनले पैदलै हिँडेर जानुपर्ने बाध्यता छ । प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको यो क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्णसमेत छ ।

यो क्षेत्रको अवलोकन गर्न ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । २२ पाटन (समथर फाँट) र यी फाँटमा फुलेका दर्जनौँ प्रजातिका फूल र वरिपरिको रमणीय प्राकृतिक दृश्यले त्यहाँ जाने जोकोहीको मन लोभिन्छ । “साउने झरी होस् कि जाडोयाम, भक्तजनलाई यसको कुनै प्रवाह हुँदैन”, स्थानीय धनी रौलेले भन्नुभयो, “शक्तिपिठ क्षेत्रमा पुगिसकेपछि यात्राका क्रममा भोगेका सबै दुःखकष्ट बिर्सिन्छन् ।”

शक्तिपिठमा पुग्नका लागि बटोमा तोकिएका स्थानमा तीन दिनको बसाइ गर्नुपर्ने परम्परा छ । सोही मान्यताअनुसार जिल्लाका श्रद्धालुहरु तीन दिनअघिदेखि नै यात्रामा निस्केका छन् । बाजुराका प्रहरी नायब उपरीक्षक टङ्क भट्टराईले मेलामा जाने भक्तजनको सुरक्षाका लागि अवश्यक व्यवस्थापन गर्न प्रहरी टोली परिचालन गरिएको बताउनुभयो । बडिमालिका हिँड्ने बाटो र आसपासका क्षेत्रमा शौचालयको व्यवस्था गरी फोहर व्यवस्थापनको पहलसमेत गरिएको मार्तडी नगरपालिकाका प्रमख बडुवालले बताउनुभयो ।