साउन ११, म्याग्दी । नेपालको संविधान २०७२ ले गरेको व्यवस्थाअनुसार म्याग्दीमा स्थानीय तह पुनःसंरचनाको कार्य सुरु भएको छ । 

जिल्लास्तरमा गठित स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले गाउँ तथा नगरपालिकाको सिमाना, केन्द्र र नामाकरण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, म्याग्दी । नेपालको संविधान २०७२ ले गरेको व्यवस्थाअनुसार म्याग्दीमा स्थानीय तह पुनःसंरचनाको कार्य सुरु भएको छ । 

जिल्लास्तरमा गठित स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले गाउँ तथा नगरपालिकाको सिमाना, केन्द्र र नामाकरण "/>

2026-09-18 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा स्थानीय तहको पुनःसंरचनाको काम सुरु

साउन ११, म्याग्दी । नेपालको संविधान २०७२ ले गरेको व्यवस्थाअनुसार म्याग्दीमा स्थानीय तह पुनःसंरचनाको कार्य सुरु भएको छ । 

जिल्लास्तरमा गठित स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले गाउँ तथा नगरपालिकाको सिमाना, केन्द्र र नामाकरण निर्धारणका लागि सरोकारवालासँग परामर्श तथा छलफल सुरु गरेको हो । 

म्याग्दीका राजनीतिक दल, प्राध्यापक, वुद्धिजीवी, सामाजिक कार्यकर्ता र पत्रकारलाई सोमबार स्थानीय तह गठन, सिमाना, केन्द्र निर्धारणका विषयमा जानकारी गराउनुका साथै सुझाव समिति गठन भएको छ । 

राजनीतिक दल र सामाजिक क्षेत्रसँग सम्बन्धित व्यक्तिको छुट्टाछुट्टै सुझाव समिति गठन भएको हो । यसैगरी, कार्यालय प्रमुख, महिलालगायत विभिन्न समुदाय र क्षेत्रका व्यक्तिसँग पनि छलफल गरेर सुझाव लिइने प्राविधिक समितिका संयोजक स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिए ।

आयोगले म्याग्दीमा पाँचवटा स्थानीय सरकारको कोटा निर्धारण गरेको छ । कुन, कुन गाविसलाई समेटेर गाउँपालिका तथा नगरपालिका बनाउने, त्यसको नाम के राख्ने र केन्द्र कुन ठाउँमा बनाउने भन्ने विषयमा सुझाव सङ्कलन गरेर निर्णय गरी आयोगलाई साउन महिनाभित्र सिफारिस गर्ने समितिले जिम्मेवारी पाएको छ । 

पहिलो चरणमा साउन १३ गतेसम्म प्रारम्भिक राय सुझाव सङ्कलन गरी सिमाना, नाम र केन्द्र रहने स्थान प्रस्ताव गर्ने समितिले दोस्रो चरणमा इलाका र गाउँस्तरमा पुगेर छलफल गर्ने योजना बनाएको छ । 

गाउँपालिका गठनका लागि हालका गाविसलाई एकवटा वडा मान्ने गरी २५ हजार जनसङ्ख्या, भौगोलिक अवस्थितिलगायतलाई आधार बनाउने र केन्द्र सिफारिस गर्दा प्रशासनिक सुगमता, पूर्वाधार आदिलाई प्राथमिकता दिनुपर्नेछ । स्थानीय तह सिफारिस गर्दा हालको गाविसलाई छुट्टाउन नमिल्ने प्राविधिक समितिको कार्यविधिमा उल्लेख छ । 

गाउँपालिका तथा नगरपालिकाको नामाकरणका लागि स्थानीय विशिष्टता झल्काउने, ऐतिहासिक, पहिचान, हिमाल, नदीनाला, प्राकृतिक स्रोत आदिलाई आधार बनाउन सकिनेछ । यसैगरी, सीमान्तकृत समुदायको बासोबास रहेको क्षेत्रलाई विशेष संरक्षित क्षेत्रका लागि सिफारिस गर्नसक्ने अधिकार समितिले पाएको छ । 

हाल म्याग्दीमा ३५ गाविस र एक नगरपालिका रहेका छन् । कुन कुन गाविसलाई मिलाएर कुन गाउँपालिका बनाउने, त्यसको केन्द्र कहाँ राख्ने, नाम के हुने भन्ने विषयले जिल्लादेखि गाउँ तहसम्म बहस सिर्जना भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई