Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका पहिरा पीडितको बास पालमुनि, बालबालिका जोखिममा

२०७७, २० श्रावण मंगलवार १२:१५

विमलबहादुर विष्ट । साउन २०, डोटी । जिल्लाको पश्चिमी क्षेत्रस्थित सायल गाउँपालिका–२ भुर्केला गाउँ पहिराको उच्च जोखिममा रहेको छ । गाउँमाथि र तलबाट पहिरा आउन थालेपछि सिङ्गो गाउँका ३९० जना अहिले गाउँ छोडेर गाउँमाथिको अग्लो डाँडामा पालमुनि बस्नु परेको छ । 

गएको शनिबार आएको ठूलो पहिराका कारण उक्त गाउँका ३५ घरपरिवार आफ्नो गाउँ छोडेर विस्थापित भएका छन् । पहिराका कारण गाउँ छोडेर गएकाहरु अहिले साउन महिनाको झरीमा पालमुनि रात बिताउन बाध्य भएका छन् । पालमुनि बास भएका कारण उनीहरुलाई राति सुत्दा सर्प, मच्छर र जङ्गली जनावरले सताउने गरेको सायल गाउँपालिकाका स्थानीयवासी धर्मराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पूरै गाउँले पहिराको डरले गाउँ छोडेर जङ्गलको अग्लो डाँडामा पाल टाँगेर बसेका छन्, त्यहाँ सर्प, मच्छर र जङ्गली जनावरले उनीहरुलाई सताउने गरेको छ ।” 

त्यसैगरी शौचालय, खानेपानी तथा उज्यालोका लागि बत्तीसमेत नहुँदा उनीहरुलाई दिनहुँ सास्ती हुने गरेको सायल गाउँपालिका तोलेनीका अर्का स्थानीय तथा व्यापारी हिमाल बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “विस्थापितलाई खानेकुरो त छोडौँ, शौचालय गर्ने ठाउँ र शुद्ध पानी नहुँदा समस्या भएको छ, फोहर पानी प्रयोग गरेकाले पखाला हुने सम्भावना बढेको छ ।” 

विस्थापित भएका परिवारहरुसँग केटा केटी भएका कारण बस्न, खानदेखि अन्य कामका लागि पनि निकै समस्या हुँदै आएको स्थानीयवासी बताउँछन् । पहिराले विस्थापित भएको तीन दिन भइसक्दासमेत कुनै पनि निकायबाट राहत उपलब्ध नभएको भन्दै पीडितहरुले गुनासो गरेका छन् । उनीहरु भन्छन्, “पहिराले हाम्रो सम्पत्ति त लग्यो, बाँच्नलाई भए पनि एक छाक खाने कुरो त देऊ ।”

गाउँमा बर्सेनी रुपमा वर्षायाम लागेपछि डर त्रासमा बस्नु परिरहेका बेला लगातार पानी पर्दा गाउँको छेउछाउमा पहिरा जान थालेपछि सुरक्षित बासका लागि गाउँ छोडेर पालमुनि बस्नु परेको पहिरा पीडितको भनाइ छ । सायल गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले गाउँको तल र माथिबाट पहिरो जान थालेपछि भुर्केला गाउँवासी केही दिन पहिलेदेखि विस्थापित भएर पालमुनि बसेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिराका कारण भुर्केलाका नागरिक विस्थापित भएका छन्, उनीहरुलाई आरभिआरएम्पी संस्थाको सहयोगमा पाल, पानी राख्ने भाडाको व्यवस्था गरेका छौँ, अब अन्य व्यवस्थापनका लागि पहल भइरहेको छ, चाँडै खाद्यान्नलगायत अन्य राहत वितरण गर्नेछौँ ।” 

विस्थापित भएकाहरुसँग खानलाई अन्नको एक दानासमेत नभएका कारण भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको पहिरा पीडितमध्येका एकजना धनबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “खानेकुरो सबै गाउँमै छुट्यो हामीसँग खानलाई पनि केही पनि छैन, आफू त भोक सहन गर्न सक्छौँ, केटाकेटीलाई खान के दिऊँ समस्या भयो ।” 

उक्त गाउँमा प्रायः जसो थापा जातिको बढी बसोबास रहँदै आएको छ । अहिले दैनिक बर्सात भइरहेका कारण पहिराको डरले ३५ घरधुरीका गाउँले गाउँ छोडेर डाँडामा बास बसिरहेका छन् । उनीहरु घाम लागे घर फर्किने तथा पानी पर्दा डाँडातिर बसाइँ सर्ने गरेको स्थानीय हर्क थापाले जानकारी दिनुभयो ।

पहिराको समस्या वर्षौंदेखि हुँदै आए पनि आफूहरुको समस्या समाधानका लागि कसैले पनि उचित पहल नगरेको पीडितहरुको गुनासो छ । विस्थापित भएकाहरुको सुरक्षित बासको व्यवस्था चाँडो नभए पहिराले कुनै दिन गाउँ नै सामूहिक चिहान बन्ने खतरा बढेको स्थानीयवासी डम्मर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिराले पूरै गाउँ खतरामा परेको छ, गाउँलेको सुरक्षित बासस्थानको व्यवस्थापन नगरिए सामूहिक चिहान हुने पक्कापक्की छ ।” 

गाउँपालिले दिएका पाल पनि झरी र हावाहुरीले च्यातिएका कारण पानी पालभित्र पस्दा राति सुत्ने समयमा झनै समस्या हुने गरेको पीडितहरुको गुनासो छ । वर्षातका कारण पालमुनि रहेका बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता समस्या देखिएको बताइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश