2026-10-15 07:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

‘कर्णाली प्रवेश गर्नेको अनिवार्य पिसिआर रिर्पोट हेर्छौं’

साउन २०, कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रवेश गर्नेको पिसिआर रिर्पोट अनिवार्य गर्ने तयारी भएको बताउनुभएको छ । कैलाली र पूर्वी तराईमा कोरोना भाइरसको खतरनाक लक्षण देखिएको बताउँदै उहाँले कर्णालीमा थप सजगताका लागि अब प्रवेश गर्नेबाट पिसिआर रिर्पोट अनिवार्य माग्ने तयारी गरिने बताउनुभएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सङ्घीय सरकारले पुनः बन्दाबन्दी (लकडाउन) गरेमा मुख्य नाकामा यस्तो व्यवस्था गरिने बताउनुभयो । “अहिले खतरनाक भाइरस आएको छ, सायद देश नै लकडाउनमा जान्छ होला”, मुख्यमन्त्रीले भन्नुभयो, “यदि नेपालगञ्ज आसपासमा उक्त भाइरस देखिएको खण्डमा हामी आफँै कर्णालीलाई लकडाउन गर्छौं, कर्णाली प्रवेश गर्नेको अनिवार्य पिसिआर रिर्पोट हेर्छौं ।”

मुख्यमन्त्री शाहीले कर्णालीका १८ लाख नागरिकलाई प्रतिव्यक्ति दुई थान मास्क दिएर भए पनि अनिवार्य मास्क लगाउन अभिप्रेरित गर्नुपर्ने बताउनुभयो । “आफैँले किन्न नसक्ने नागरिकका लागि प्रदेश सरकारले प्रतिव्यक्ति दुई थान मास्क दिने सोचमा पुगेका छौँ, ती मास्क पुनः प्रयोग गर्न मिल्ने खालका हुनेछन्”, उहाँले भन्नुभयो, “यसका अलावा स–सानो स्यानेटाइजरको बोतल पनि वितरण गर्छौं ।”

मुख्यमन्त्री शाहीले कर्णालीका १० वटै जिल्लामा अक्सिजन पठाउने बताउनुभयो । कर्णालीमा १०० भेन्टिलेटर राख्ने, २०० आइसियु बेड राख्ने र हरेक पालिकामा कम्तीमा ५० बेडको आइसोलेसन सेन्टर निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभयो । पत्रकार भेटघाटमा सामाजिक विकासमन्त्री दल रावलले अबको केही दिनभित्रै दैनिक दुई हजार ५०० भन्दा बढीको पिसिआर परीक्षण गरिने बताउनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल कालागाउँमा तीन वटा आरएनए एक्सटेन्सन मेशिन जडानको काम भइरहेको उहाँको भनाइ छ । हाल कर्णालीका चार स्थानबाट पिसिआर परीक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने