2026-09-12 11:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा ‘सामुदायिक भान्सा’अभियान सञ्चालन

शेरबहादुर सिंह । साउन २१, महेन्द्रनगर । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने वर्ग र सुमदायलाई लक्षित गरी माइती नेपाल कञ्चनपुरले सामुदायिक भान्सा अभियान सञ्चालन गरिरहेको छ । लामो समयसम्मको बन्दाबन्दी र त्यसपछि केही खुला भएको अवस्थामा पनि दैनिक ज्यालादारी गरेर हातमुख जोर्न बाध्य वर्ग समुदायलाई सामुदायिक भान्सा अभियानले धेरै राहत पुगेको बताइएको छ । 

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि सरकारले नेपाल–भारत सीमा ‘सिल’ गर्नुका साथै लकडाउन गरेपछि सीमा क्षेत्रमा मानव बेचबिखनका क्षेत्रमा निगरानी बढाउनुपर्ने अवस्था नरहेपछि माइती नेपालले कञ्चनपुर र बाँके जिल्लामा सामुदायिक भान्सा अभियान सञ्चालन गरी सुकुम्बासी, दलित, विपन्न र वादी समुदायमा पोषिलो खाना खुवाउने अभियान सञ्चालन गरिरहेको छ । 

पछिल्लो समय कोरोना सङ्क्रमण दर उच्च दरमा वृद्धि भइरहेको सन्दर्भमा दैनिक ज्यालादारीमा काम गर्न जानु पनि उत्तिकै जोखिमपूर्ण रहेको कलावती सार्की बताउनुहुन्छ । अर्काकोमा गएर काम गरेर ल्याएको पैसाले पेट पाल्नुपर्ने अवस्थामा रहेका आफूहरुलाई माइती नेपालले यसरी खाना खुवाउने गरेकोमा उहाँ निकै हर्षित हुनुहुन्छ । 

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जिल्लाको लालझाँडी, बेदकोट, भीमदत्त र महाकाली नगरपालिकामा यस अभियानमार्फत नौ हजार ५८५ लाई पोषिलो खाना खुवाएको जानकारी दिनुभयो । “हामीले दैनिक ज्याला मजदुरी गरी हातमुख जोर्न बाध्य अवस्थामा रहेका परिवारमा पनि महिला तथा बालबालिकालाई प्राथमिकतामा राखेका छौँ । एक छाक भए पनि उनीहरुलाई पोषिलो खुवाउने उद्देश्यले गत असार १६ गतेदेखि अभियान सञ्चालन गरेका हौँ ।” 

माइती नेपालकी संयोजक भट्टले भन्नुभयो, “कम्तिमा ५६ दिनसम्म जिल्लाभरि अभियान सञ्चालन गर्ने योजना छ । त्यसपछि पनि यसको आवश्यकता र प्रभावकारिता हेरेर थप्न सकिनेछ ।” उहाँले हालसम्म यहाँको लालझाडी गाउँपालिकाको ठक्का निकुञ्ज पीडित शिविरमा आठ दिनसम्म भान्सा सञ्चालन गरेर दैनिक २५० जनालाई खाना खुवाइएको बताउनुभयो ।

त्यसैगरी बेदकोट नगरपालिका–९ को निकुञ्ज पीडित शिविर र सुकुम्बासी शिविरमा पनि दुई दिन भान्सा सञ्चालन गरिरहेको थियो । त्यस्तै महाकाली नगरपालिकामा बादी बस्ती र ढकनीघाटमा गरी तीन दिनसम्म दैनिक २८० जनालाई खाना खुवाइएको माइती नेपालले जनाएको छ ।

“युएन ओमनको आर्थिक सहयोगमा बाँके र कञ्चनपुरमा अभियान सञ्चालन भएको छ”, भट्टले भन्नुभयो, “भान्सा सञ्चालनका क्रममा आफैँ दाल, भात, हरियो साग, अचार पानीलगायतको व्यवस्था गरेर भोजन गराउने गरेका छौँ ।” उहाँले बन्दाबन्दीमा सुकुम्बासी र विपन्न बस्तीमा रोगभन्दा भोकले मर्ने अवस्था आएको बताउनुभयो ।

“समुदायमै हप्तौँ बसेर खाना खुवाउने अभियानले लक्षित वर्गका नागरिक निकै खुशी भएका छन्” उहाँले भन्नु्भयो, “आखिर रोगसँगै लड्न पनि त पोसिलो आहार चाहिन्छ नै ।” माइती नेपालले वस्तुस्थिति हेरेर जिल्लाका अन्य शिविर र बस्तीमा समेत अभियान सञ्चालन गर्दै जाने बताएको छ । भीमदत्त नगरपालिकामा ३७ दिनदेखि यो अभियान जारी छ । भट्टले भन्नुभयो, “यहाँ वृद्धाश्रमदेखि सुकुम्बासी, दलित बस्तीसम्म पुगेर खाना खुवाउने काम भइरहेको छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन