साउन ११, झापा । झापाको शान्तिनगरका बाल क्लब, आमा समूह र स्थानीयवासीले ११ वर्षीया तनुजा कोइरालाको हत्यारा चाँडो पत्ता लगाई कडा कानुनी कारबाही गर्न माग गर्दै मौन ¥याली गरेका छन् । 

शान्तिनगर–१ कामीटार घर भएकी तनुजाको साउन ५ गते बुधवार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, झापा । झापाको शान्तिनगरका बाल क्लब, आमा समूह र स्थानीयवासीले ११ वर्षीया तनुजा कोइरालाको हत्यारा चाँडो पत्ता लगाई कडा कानुनी कारबाही गर्न माग गर्दै मौन ¥याली गरेका छन् । 

शान्तिनगर–१ कामीटार घर भएकी तनुजाको साउन ५ गते बुधवार"/>

2026-07-03 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

एघार वर्षीय बालिकाको हत्यारा पक्राउ गर्न माग

साउन ११, झापा । झापाको शान्तिनगरका बाल क्लब, आमा समूह र स्थानीयवासीले ११ वर्षीया तनुजा कोइरालाको हत्यारा चाँडो पत्ता लगाई कडा कानुनी कारबाही गर्न माग गर्दै मौन ¥याली गरेका छन् । 

शान्तिनगर–१ कामीटार घर भएकी तनुजाको साउन ५ गते बुधवारे–५ स्थित मावलीघरमा घाँटी रेटेर वीभत्स हत्या भएको थियो । उनको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक शङ्का गरे तापनि हालसम्म घटनाको सत्यतथ्य सार्वजनिक हुन सकेको छैन । 

तनुजा स्थानीय ब्राइट फ्युचर अङ्ग्रेजी स्कुलमा कक्षा ५ मा अध्ययन गर्थिन् । उनी स्वर्णिम बाल क्लबको सदस्य समेत थिइन् । सोही बाल क्लबको अगुवाइमा सोमबार यहाँ ¥याली निकालिएको हो । 

माध्यमिक विद्यालय, बर्नेको परिसरबाट सुरु भएको विद्यार्थीको मौनर्याली पिपलचोक हुँदै कामीटारस्थित तनुजाको काजकिरिया भइरहेको घर पुगेर शोकसभामा परिणत भएको थियो । 

हत्यारालाई कारबाही गर, बालबालिका उज्यालो सूर्य हुन्, बालअधिकार हनन् बन्द गरलगायतका थुप्रै नारा लेखिएका प्ले कार्ड ¥यालीका सहभागीले बोकेका थिए । 

र्यालीपछि भएको शोकसभामा बोल्ने वक्ताले तनुजाको हत्यारालाई चाँडोभन्दा चाँडो पत्ता लगाउन र कडा कारबाही गर्न प्रहरी प्रशासनसमक्ष माग गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम