2026-09-12 08:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लहानमा निषेधाज्ञा जारी

साउन २३, लहान । सिरहाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय नगरपालिका वडा नं ८ का एक जनासहित नगर क्षेत्रका २६ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ । छिमेकी जिल्ला सप्तरीमा तीव्ररूपमा सङ्क्रमण फैलिरहेकाले छ । 

नगरपालिका कार्यपालिकाको आपत्कालीन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको नगर कार्यपालिकाका सदस्य तथा वडा नं ७ का वडाध्यक्ष राकेशरोशन गुप्ताले जानकारी दिनुभयो । वडा ८ का सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाको पनि स्वाब सङ्कलनको कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताउनुभयो ।

यसअघि मिर्चैया नगरपालिकाले बिहीबारदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा लकडाउन गरेको छ । मिर्चैया–६ का दुई स्वास्थ्यकर्मीसहित तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलिन नदिन नगर क्षेत्रमा नगरपालिकाले लकडाउन गरेको नगरप्रमुख श्रवण यादवले जानकारी दिनुभयो ।

खर्च विरण सार्वजनिक

कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि जिल्लाका स्थानीय तहहरुले गरेको खर्चको विवरण सार्वजनिक गरेका छन् । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणका लागि गरिएको खर्च विवरण सार्वजनिक गर्न चौतर्फी माग उठेपछि जिल्लाका १७ स्थानीय तहमध्ये १२ ले खर्च विवरण सार्वजनिक गरेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहहरुले खर्च विवरण प्रस्तुत गरेका छन् ।

कोरोना नियन्त्रण र राहत वितरणका लागि सिरहा नगरपालिकाले सबैभन्दा बढी रु पाँच करोड ९० लाख ८६ हजार ४३० र सबैभन्दा कम अर्नमा गाउँपालिकाले रु ३९ लाख ५९ हजार १०३ खर्च गरेको छ । यस्तै गोलबजार नगरपालिकाले रु एक करोड ६० लाख ८५ हजार ५३, कर्जन्हा नगरपालिकाले रु एक करोड ४८ लाख १५ हजार ८१६, धनगढीमाई नगरपलिकाले रु ५५ लाख ९४ हजार ६३३ तथा लहान नगरपालिकाले रु एक करोड ९८ लाख ४० हजार ७८ खर्च गरेको विवरणमा उल्लेख छ । 

त्यस्तै मिर्चैया नगरपालिकाले रु एक करोड ७२ लाख ८१ हजार ७७, विष्णुपुर गाउँपालिकाले रु ८८ लाख ६१ हजार ७१०, बरियारपट्टि गाउँपालिकाले रु एक करोड ५७ लाख २३ हजार ७६७, नरहा  गाउँपालिकाले रु ७३ लाख ५९ हजार २४९, लक्ष्मीपुर पतारी गाउँपालिकाले रु ६९ लाख ६५ हजार ६९५ र औरही गाउँपलिकाले रु दुई करोड २० लाख ८० हजार ९३० खर्च गरेको विवरणमा जनाइएको छ ।

त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयले रु ३० लाख ८६ हजार २८८ र जिल्ला अस्पतालले रु एक करोड ३८ लाख ५९ हजार ७०७  खर्च गरेको विवरण प्राप्त भएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयो । खर्च विवरण सार्वजनिक गर्न नसकेका कल्याणपुर नगरपालिक, सुखीपुर नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका र नवराजपुर गाउँपालिकालाई पनि खर्च विवरण सार्वजनिक गर्न पत्राचार गरिसकेको उहाँले बताउनुभयो ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन