दिपक अनुरागी, साउन ११, कपिलवस्तु । गए राती देखि परेको भारी बर्षाले देशैभरको वातावरण जलमग्न बनाएको छ । यसले गर्दा मानिसको जनजिवन पनि प्रभावित भएको छ । देशका कैयौ ठुला नदी र स–साना नदी आसपासका जनतालाई बाढीले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिपक अनुरागी, साउन ११, कपिलवस्तु । गए राती देखि परेको भारी बर्षाले देशैभरको वातावरण जलमग्न बनाएको छ । यसले गर्दा मानिसको जनजिवन पनि प्रभावित भएको छ । देशका कैयौ ठुला नदी र स–साना नदी आसपासका जनतालाई बाढीले "/>
2026-07-25 01:57 AM
कपिलवस्तु - KPL

कपिलवस्तुमा बर्षाको वितण्डा, सयौँ घर डुबानमा

दिपक अनुरागी, साउन ११, कपिलवस्तु । गए राती देखि परेको भारी बर्षाले देशैभरको वातावरण जलमग्न बनाएको छ । यसले गर्दा मानिसको जनजिवन पनि प्रभावित भएको छ । देशका कैयौ ठुला नदी र स–साना नदी आसपासका जनतालाई बाढीले जोखिम निम्ताएको छ । बर्षा घट्छ कि भन्दा झन झन बढ्दै गएपछि बाढीको यस्तो खतरा बढेको हो ।

यसैबिच गएराती देखिको भारी बर्षाले कपिलवस्तुका नागरिकको जनजीवन पनि नराम्रेरी प्रभावित पारेको छ । जिल्लाका विभिन्न स्थानमा बाढी घरभित्रै पसेको छ भने अरु कैयौ क्षेत्र बर्षाले जनमग्न भएको छ । यद्यपि जिल्लामा भौतीक क्ष्ाित भएपनि मानविय क्षति नभएको बताइएको छ । धेरै ठाउको विद्युत र इन्टरनेट सेवा अवरुद्ध भएको कारण सुचना लिन पनि समस्या भएको छ ।

यता जिल्लाको सबैभन्दा ठुलो नदीको रुपमा लिइने वाणगंगा नदी आसपासका नागरिक बाढीको उच्च जोखिममा रहेका छन् । नदीमा पानीको सतह बढेपछि वाणगंगा नदी किनारका बस्तीहरु उच्च जोखिममा परेका हुन् । बाणगंगा नदी आसपासका करिब १ सय बढी घर डुबानमा परेका छन् ।

बाणगंगा नगरपालिकाका वडा नं. १२, १३ ,१४, १७ को भर्तापुर, भलवाड, मोरमी क्षेत्र डुवानमा परेको छ । बाणगंगा १३ बनगाईको प्रगतिटोलका बासिन्दाहरु अहिले घरको छतमा बसी ज्यान जोगाउन सफल भएका छन । यस्तै होटेल रिभर साईडका संचालक शिवलाल भाट, स्थानीय युवा प्रेम गन्र्धव लगाएत ४ जनाले उनीहरुलाई रसीको सहायताले उद्धार गरेका छन् । यता वडा नं. १७ मा धर्मराज पाण्डेको ३ ओटा बाख्रा बाढीले बगाएको छ ।

यता लक्ष्मणघाट सिचाई आयोजनाको १ नम्बर बांध नखोलिदा थप डुबान भएको छ । नदिले बाधं देखि उत्तरपट्टीको क्षेत्र कटान गरेको छ । स्थानीयहरु अहिले बाधं मर्मत कार्यमा जुटि रहेका हाम्रा कोपवाबाट सहकर्मी मोहन बेल्बासे र रामबहादुर गन्र्धवले जानकारी दिनु भएको छ । खतराको संकेत पार गरिसकेको र नदिको पानी घट्ने क्रम रहेकाले खतराको संकेत तल झरेको बताइएकोछ । 

त्यस्तै निग्लीहवा गाविसको वडा नं. २ कुस्महा लगाएतका क्षेत्र पनि डुबानमा परेकोे बताइएकोछ । यता भारी बर्षाले वाणगंगा नगरपालिका ८ राजापानीको दक्षिणटोलमा बाढी पसेको छ । यस्तै वाणगंगा ८ धनकौलीमा पनि गाउमै बाढी पसेपछि जनजिवन प्रभावित भएको भएको सहकर्मी रञ्जना रौतारले बताउनु भएको छ । उता वाणगंगा १० काला बन्जारमा पनि १० घर डुबानमा परेको वडा नम्बर ९का वडा नागरिक मंचका अध्यक्ष शिव पौडेलले जानकारी दिनु भएको छ । 

त्यस्तै कोलसिंग टन्डनको घरायसी साम्रागी, अन्न पात, हिरा बहादुर कार्कीको पोल्ट्ी फार्ममा रहेका ४ वटा कुखुरा बाढीले बगाएको हाम्रा भलवाड सहकर्मी बाबुराम रायमाझीले जानकारी दिनु भएको छ । वाड नम्बर १६ चौहाको कजवे नयाबस्तीमा २० वटा घर डुबानमा परेका छन भने ४० वर्षीय  पतिया थारुलाई डोरीले बानेर उद्दार गरिएको छ ।

त्यस्तै जिल्लाको कोइली, सुरई लगाएतका नदि र विभिन्न नालाहरुमा आएको बाढीले तटिय क्षेत्रमा रहेका घरपरिवार डुवानमा पर्न सक्ने संभावना रहेको भन्दै सो क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण बासिन्दाहरुलाई सचेत र सावधान रहन आग्रह गरेको छ । साथै सदुरमुकाम तौलिहवा, चन्द्रौटा, बहादुरगञ्ज, इमिलिया, गोरुसिङ्े लगायतका क्षेत्र पनि डुबानमा परेका छन् ।

त्यसैगरी भृकुटी नगरपालीका ५ बरकरपुर स्थीत खाला गाउंका ७ घर डुवानमा परेका छन् । त्यसैगरी सोही नगरपालीकाको बडा नम्वर ७ बुड्ढी स्थीत अदुवा प्रसोधन केन्द्रमा काम गर्ने ४ जना कामदार गुडरुङ्घ नदिमा आएको बाढि पस्दा घरभित्रै थुनिएका छन् । उनीहरुको उद्धारका लागी स्थानीयवासिन्दा नेपाल प्रहरी लागेका छन्  ।  

जिल्लाका विभिन्न डुबान क्षेत्रमा अहिले प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगले उद्धार कार्यजारी रहेको छ । बाढीबाट आउन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि स्थानीय प्रशासनले विपद व्यवस्थापनामा उच्च सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेले बताउनुभयो ।

यता बर्षाले बाणगंगा नगरपालिकाका विभिन्न ठाउमा पोल ढलेका कारण विद्युत सेवा आज दिन भरिनै अबरुद्ध हुने विद्युत प्राधिकरण शाखा कार्यालय जितपुरले जनाएको छ । बाढीले मानवीय क्षति नभए पनि भौतिक क्षेति गरेको छ । तर के कति क्षती भएको छ भने विस्तृत जानकारी आउन अझै बाकी रहेको छ । साथै इन्टरनेटमा पनि समस्या आएकाले देशका कति ठाउमा बाढीले के कस्तो क्षति पु¥याएको छ त्यसको जानकारी लिन कठिनाई भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक