Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा पिसिआर ल्याब स्थापना गरिने

२०७७, २३ श्रावण शुक्रबार ०७:४४

साउन २३, विदुर । नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले त्रिशूली अस्पतालमा पिसिआर ल्याब परीक्षण मेशिन खरिद सञ्चालनका लागि रु ७६ लाख  दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  

नुवाकोट कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लास्थित त्रिशूली अस्पतालमा पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्नका लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत सांसद खतिवडाले कोरोना परीक्षणका लागि पिसिआर मेशिन खरिद गर्न बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । खतिवडाका अनुसार जिल्लामा कोरोना परीक्षणका लागि ढिलासुस्ती नहोस् र सर्वसाधारणले चाँडै परीक्षण भई उपचार पाउने छन् भन्ने उद्देश्यले पिसिआर ल्याब मेशिन खरिद गर्नलाई बजेट दिने निर्णय गरिएको हो ।  

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले तत्कालै पिसिआर ल्याब मेशिन खरिद गर्नका लागि नगरपालिकाले बोलपत्र प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो । पछि नगरपालिकाको रकमलाई स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत विदुर नगरपालिकालाई स्रोतभर्ना गरिनेछ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले छिमेकी धादिङ र रसुवामा समेत कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको हुनाले समुदायस्तरमा सङ्क्रमण फैलिने जोखिम कम गर्न पनि पिसिआर ल्याब स्थापना हुन जरुरी रहेको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश