लक्ष्मीप्रसाद सापकोटा, साउन ११, पर्वत । सोमबार दिउँसोदेखि अविरल परेको वर्षाका कारण कालीगण्डकी नदीको सतह बढ्दा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित सेतीवेणी बजार डुबानमा परेको छ । 

र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लक्ष्मीप्रसाद सापकोटा, साउन ११, पर्वत । सोमबार दिउँसोदेखि अविरल परेको वर्षाका कारण कालीगण्डकी नदीको सतह बढ्दा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित सेतीवेणी बजार डुबानमा परेको छ । 

र"/>

2026-09-19 05:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकीको सतह बढेपछि सेतीवेणी बजार डुबानमा

लक्ष्मीप्रसाद सापकोटा, साउन ११, पर्वत । सोमबार दिउँसोदेखि अविरल परेको वर्षाका कारण कालीगण्डकी नदीको सतह बढ्दा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित सेतीवेणी बजार डुबानमा परेको छ । 

राति २ः३० बजेदेखि पानीको सतह ह्वात्तै बढ्दा बजार डुबानमा परेको स्थानीय प्रहरी चौकीले जनाएको छ । राति एक्कासि पानीको सतह बढेपछि स्याङ्जाको पिढीखोलामा पर्ने बजारका झन्डै ५० पसल डुबानमा परेको स्थानीय प्रहरी चौकीका प्रमुख चन्द्र न्यौपानेले जानकारी दिनुभयो । 

अहिले बजारवासी घर छाडेर माथि उक्लिएका छन् । उनीहरु रातभर खुला आकाशमुनि रात काट्न बाध्य भए । वर्षा नरोकिएकाले सतह पनि बढ्दै गएको र डुबानमा पर्ने घर पसलको सङ्ख्या पनि बढ्दै गएको छ । कतिपय व्यवसायीले पसलका सामान उपल्लो तलामा राख्न सफल भए पनि अधिकांश व्यवसायीका पसल भने डुबानमा परेका छन् । 

डुबानबाट भएको क्षतिको यकिन विवरण नआए पनि करोडौँको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म उक्त क्षेत्रका बासिन्दालाई उद्धारका लागि कुनै पहल भएको छैन । पर्वतको शालिग्राम र स्याङ्जाको पिढीखोला–८ मा पर्ने सेतीवेणी बजारमा झन्डै २०० घर तथा पसल छन् । 

कालीगण्डकीमा पानीको सतह बढेर बजारसम्म आइपुगेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए । स्थानीय प्रहरी चौकीका प्रमुख न्यौपानेका अनुसार कुनै मानवीय क्षति भने भएको छैन । राति नै स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएपछि उनीहरु बस्तीभन्दा माथिको भिरमा गएर रात काट्न बाध्य भएका थिए । 

मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको छ । बाढीका कारण विश्वकै ठूलो शालिग्राम शिला पनि डुबानमा परेको छ । 

छ वर्षअघि कालीगण्डकी र सेतीखोलो उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तल लगायत संरचना डुबेका छन् । शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिला सङ्कटमा परेको बताइएको छ । अहिलेसम्म पर्वततर्फको भागमा रहेको बजारमा भने क्षति नपुगेको बताइएको छ । 

पोखरा–बागलुङ, बेनी–मालढुङ्गा सडक अवरुद्ध 

सोमबार अपराह्नदेखि परेको अविरल वर्षाका कारण पोखरा–बागलुङ सडक र पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेका छन् । 

कास्कीको घट्टेखोला र फेदीमा पहिरो खस्दा पोखरा–बागलुङ सडक खण्ड अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजे सडकमाथिको भिरबाट लेदो माटो खसेको थियो । बाटो अवरुद्ध हुँदा सवारी साधन र यात्रु बीच बाटामै रोकिएका छन् । अहिले डोजर लगाएर पहिरो हटाउने प्रयास भइरहे पनि वर्षा भइरहेकाले समस्या देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै पर्वतको नाङ्लीवाङ गाविस–९ फर्सेमा सडकमाथिबाट आएको पहिराका कारण मालढुङ्गा–बेनी सडक राति १२ बजेदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडक खुलाउन पहल गरिए पनि वर्षा नरोकिएकाले पहिरो निरन्तर बग्दा समस्या देखिएको छ । सुरक्षाकर्मी र सडक डिभिजन कार्यालय मार्फत सडक खुलाउन पहल भइरहेको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । 

सडक अवरुद्ध हुँदा हिमालपारिको मुस्ताङ र म्याग्दीबाट छुटेका सवारी साधन र यात्रु अलपत्र परेका छन् । 

अनुसन्धानका कार्यालय भत्कियो 

अविरल वर्षाले सदरमुकाम कुश्मा बजारमा रहेको राष्ट्रिय अनुसन्धान कार्यालयको भवन भत्किएको छ । कार्यालय प्रमुख विष्णु पण्डितको कार्यकक्षमा पूर्ण रुपमा क्षति पुगेको प्रहरीले जनाएको छ । कार्यालय भत्किँदा झन्डै रु चार लाख बराबरको क्षति भएको छ । 

कार्यालयभित्र रहेका महत्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टर, फ्याक्स मेसिन, टेलिफोन, टेबुल र सोफासेट लगायत सामानमा पूर्ण रुपमा क्षति पुगेको कार्यालय प्रमुख पण्डितले जानकारी दिनुभयो । 

उक्त कार्यालय तत्कालका लागि मर्मत गर्न पहल भइरहेको प्रहरीले जनाएको छ । पुरानो भवन भएकाले जमिन भासिनेबित्तिकै गाह्रो भत्किएको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा