२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

‘घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

२०७७, २५ श्रावण आईतवार ०४:४५

नरेन्द्रसिंह कार्की । साउन २५, दार्चुला। जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको डिडिहाटबाट धार्चुला हुँदै शनिबार दार्चुला छिर्नुभयो । गत मङ्सिरमा मजदुरी गर्न डिडिहाट पुगेका उनीहरुका परिवार स्वदेश छिरे पनि पटक्कै खुशी छैनन् । भारतमा हातमुख जोड्न परिवारका साथ गएका उनीहरुले चार महिना मात्रै काम गर्न पाए । गत चैत ११ गतदेखि बन्दाबन्दीले काम गर्न पाएनन् ।

“बन्दाबन्दी भएको पनि चार महिना बढी भयो । काम गरेको ज्याला ठेकेदारले पनि दिएको छैन । छाक टार्न खाद्यान्नको जोहो गर्यो, घर आउन खर्च दिएको छैन ।” उहाँले भन्नुभयो, “मजदुरी गरेको पैसा नदिएपछि केही गाउँले डिडिहाटमै बसेका छन् भने १८ जनाको टोली घर जान भन्दै दार्चुला खलङ्गा पुगेका छन् ।”

दार्चुला र धार्चुला जोड्ने झोलुङ्गे पुल तर्दै खलङ्गा खुलामञ्चमा आइपुगेका उनीहरु भोकभोकै बसेका छन् ।  कोरोनाको त्रासका बीच उनीहरुलाई सहयोग गर्न कोही पुगेका छैनन् । ताराका श्रीमान् तिलमान शाही उनी नजिकै घाममै सुतेका थिए । छोरा खेल्दै थियो । ठूलो भारीसँगै पल्टिएका उनीहरुमा स्वदेश छिरेकामा झन् पछुतो छ । सरकारले उद्धार गर्ला भनेरै जन्मस्थान आएका उनीहरु पानीसमेत खान नपाई खुला ठाउँमा बस्न विवश छन् ।

सिञ्जा–६ कै राजीनन्दा आचार्यको भारतमा मजदुरी गर्न जाँदा छोरी प्रियङ्का चार महिनाकी थिइन् । अहिले १० महिना भएको छ । दूधे बालकसहित मजदुरी गर्न डिडिहाट पुगेका उनको अनुहार मलिन छ । जेठी छोरी दिया पाँच वर्षकी भइन् । बूढाबूढी मजदुरी गर्न आएका थियौँ, बन्दाबन्दीले काम गर्न पाइएन । “घरको चुलो बाल्नसमेत समस्या भएको छ । काम गरेर पनि पैसा पाइएन । जेठी छोरीले कान्छी छोरी हेर्ने, श्रीमान् हरिचन आचार्य र आफूले काम गरेको पैसा पनि पाएका छैनाँै । घर जान आएका हौँ, तर घर कसरी जाने ? गाडीमा चढ्न सकिने अवस्था छैन । पहिले रु दुई/तीन हजारमा पुगिने ठाउँमा अहिले रु एक लाख ६० हजार तिर्न हामी मजदुरी गरेका मान्छे कहाँ सक्छौँ”, उहाँले भन्नुभयो ।

स्वदेश फर्किन रु पाँच/सात हजार बोकेर आएका थिए । भोकभोकै घामको तापमा बसेका उनीहरुले सुनाए । जुम्ला तल्लोचन्दनाथ नगरपालिका–८ का मदन विकले भन्नुभयो, “अहिले हामीले भोट दिएका जनप्रतिनिधि पनि उद्धार गर्न सकिँदैन भन्छन् ।” “चार महिना भारतमा काम नगरी बस्नुपर्यो । रु चार÷पाँच हजार भाडा तिरेर भए त गाउँ जान सकिहाल्थौँ”, उहाँले भन्नुभयो, “पूरै बस रिर्जभ गर्न कहाँबाट पैसा ल्याऔँ ।” १८ जनाको समूहमा पनि छ बालबच्चा छन् । चार महिला छन् । गाउँमै रोजगारी पाएको भए दूधे बालक ल्याएर भारतमा मजदुरी गर्न जाने रहर कसको थियो र उहाँले भन्नुभयो ।

“रोजगारी गुमाएका छौँ, ठेकेदारले काम गरेको पैसा पनि दिएको छैन”, गाउँपालिका र नगरपालिकाले उद्धार गर्न सक्दैनौँ भन्छ । हाम्रो सरकार कहाँ छ । भोट दिएर जिताएका थियौँ, अहिले उद्धार  गर्न सक्दैनाँै भने यही चौरमा त्रिपाल टाँगेर बस्नुको विकल्प छैन्”, उहाँले भन्नुभयो । उनीहरु दिनभर खुला चौरमै बसेका छन् । बिहान पुल खुल्छ भने पनि साहु ठेकेदारले बिहानै धार्चुला पुर्याएको थियो । बिहान साढे १० बजेतिर पुल खुल्यो, कोरोनाका कारण पसलमा गएर किन्न दिएनन् । प्रहरीले लाइन लगाएर खुलाचौरमा राखेको छ । पानीसमेत खान पाएका छैनाँै । 

कानका सुन्दरी नगरपालिका–६ का हाँसे कामीले भन्नुभयो, “अहिले स्थानीय सरकार, प्रदेश सरकारले घर पुर्याउन पनि सहयोग गरेन भने हामीले पनि के गर्नुपर्छ जानेका छौँ”, चेतावनी दिनुभयो । भोट माग्दा जसरी हामीकहाँ आउथे, अहिले समस्यामा पर्दा कोही हेर्दैनन् ।” “भारतमा त्रिपालमुनि चार महिना बढी बितायौँ, आफ्नो देशमा पुग्दा पनि सहारा पाउँदैनौँ । हामी ठूला मान्छे त भोकतिर्खा सहन्छौँ, तर बालबालिका छन्, उनीहरु कसरी भोकभोकै बस्न सक्न्छन् ।”

“त्रिपालमुनि भए पनि खान पाएकै थियो, आफ्नो देश फर्कियौँ भनेर आयाँै तर यहाँ आउँदा पनि झन् बेहाल भएको छ”, उहाँले सुनाउनुभयो । “गाउँमै रोजगारी पाइने भए हामी बालबालिकासहित किन भारतमा मजदुरी गर्न जान्थ्यौँ र ?” गाउँमा आएको पैसा तिनै नेता र उनीहरुका आफन्तलाई पुग्दैन, भारतकै रोजगारीले अहिलेसम्म परिवार पालेका थियौँ । हरेक वर्ष मजदुरी गर्न भारतको कालापहाडसम्म पुग्ने गरेका उनीहरुलाई यस पटक भने कोरोनाका कारण काम गर्न नपाएर समस्यामा परेका छन् ।

उनीहरुलाई गाउँ पठाउनेबारे हामीसँग केही अधिकार छैन, जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले भन्नुभयो, “प्रहरीलाई मात्रै टाउको दुखाइ छ । उनीहरुलाई कसरी पठाउने कहाँ राख्ने अन्योल नै छ ।” नेपाल–भारत जोड्ने झोलुङ्गे पुल भएर शनिबार ४९ जना भित्रिएका छन् भने ४० जना भारत धार्चुला गएको प्रहरीले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ