२८ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

मेलमिलाप सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

३० फाल्गुन २०७२, आईतवार ११:५८

ताराबहादुर महत, फागुन ३०, दोलखा
सामुदायिक मेलमिलाप कार्यक्रमको जिल्ला
स्तरीय एक दिने अभिमुखीकरण कार्यक्रम आज सदरमुकाम चरीकोटमा सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता
महासंघ नेपाल, जिल्ला महासंघ दोलखाका अध्यक्ष कमला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्राकृतिक
स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक चुप बहादुर थापाले विनाशकारी भुकम्प पछि
स्थानिय स्तरमा देखिएका विवादलाई स्थानिय स्तरमै समाधान गरी समुदायमा दिगो शान्ति कायम गर्ने उद्धेश्यले
द एसिया फाउण्डेसनको आर्थिक  सहयोगमा  प्राकृतिक  स्रोत द्वन्द्व  रुपान्तरण केन्द्र (एनआरसीटीसी)
नेपालले दोलखासहित भुकम्प अति प्रभावित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र दोलखामा सन्
२०१५ को सेप्टेम्बर महिनादेखि सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरीरहेको बताउनुभयोे । कार्यक्रममा
प्राकृतिक  स्रोत द्वन्द्व रुपान्तरण केन्द्र दोलखाका जिल्ला संयोजक रत्ना तमाङले दोलखामा प्राकृतिक
स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले गरेको कामको बारेमा जानकारी गराउनुभएको थियो । प्राकृतिक स्रोत
द्वन्द्व रुपान्तरण केन्दको आयोजना र द एसिया फाउण्डेसनको आर्थिक  सहयोगमा भएको कार्यक्रममा सहायक
प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवाल, जिल्ला  वन कार्यालय दोलखाका वन अधिकृत विष्णुदेव भण्डारी,
जिल्ला अदालत दोलखाका से्रस्तेदार धुव्र कार्की  र प्राकृतिक  स्रोत द्वन्द्व  रुपान्तरण केन्द्र नेपाल
दोलखाका जिल्ला प्रशिक्षक तारा बहादुर महत लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन एक करोड २५ लाखमा बन्यो वडाको प्रशासकीय भवन सरकारको नयाँ विधेयक: राष्ट्रपति–प्रधानमन्त्रीले उपहार लिन नपाउने, लिए कारबाही हुने देशमा हामीले कति विकास गरेकाछौ भनेर आफ्ना अग्रज र अभिभावकहरूसँग ज्ञान लिन सकिन्छ : उपप्रधानमन्त्री सिंह भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ कांग्रेसको अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक अब टिभीमै कम्प्युटर चलाउने सुविधा,इन्टरनेट कनेक्शन र सेट-टप बक्स भए पुग्छ शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना क्रिकेटर लामिछानेको सम्मानमा रङ्गशाला बन्दै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा बाख्रापालनमा जमेका चन्द दम्पती सूचना आयोगका पूर्वअध्यक्ष बास्कोटालाई पितृ शोक