२५ असार २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

पुर्णखोपयुक्त घोषणाको काम अन्तिम चरणमा

३० फाल्गुन २०७२, आईतवार १२:०३

ताराबहादुर महत, फागुन ३०, दोलखा
दोलखाको भिमेश्वर नगरपालिकालाई आज पुर्णखोपयुक्त
नगरपालिका घोषणा गरीएको छ ।

स्थानीय विकास अधिकारी विष्णुप्रसाद
शर्माले एक कार्यक्रमका विच भीमेश्वर नगरपालिकालाइ पुर्ण खोपयुक्त नगरपालिका घोषण गर्नु भएको हो ।
भिमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत संञ्जय बहादुर राजलवटको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर
नगरपालिकामा रहेका ३६ जना महिला स्वयंमसेविका, नगरपालिका भित्र रहेका स्वास्थ्यचौकीका
स्वास्थ्यकर्मीहरुलाई प्रमाण पत्र वितरण गरएको छ । कार्यक्रममा भिमेश्वर नगरपालिकाका  प्रशासकिय अधिकृत
एवं्म खोपयुक्त नगर समितिका संयोजक माधव सुवेदी, जिल्ला स्वास्थ्य कार्यालय दोलखाका कार्यालय प्रमुख
डाक्टर माधव लम्साल, जिल्ला स्वास्थ्य कार्यालयका बालकृष्ण ढुङ्गगेल, नेपाली काङग्रेस भीमेश्वर नगर
सभापति राजेश श्रेष्ठ, नेकपा एमाले भिमेश्वर नगर कमीटीका अध्यक्ष ज्ञानेन्द्र प्रधान, राष्ट्रिय
प्रजातन्त्र पार्टी नेपालका नगर अध्यक्ष विर बहादुर मोक्तान र जिरी नगरपालिकाका  कार्यकारी अधिकृत मोहन
कुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । पुर्ण खोपयुक्त नगरपालिकाघोषणाको अवसरमा आज
विहान चरीकोट स्थित सातदोबाटो बाट चरीकोट बजार हुदँै सिमपानी हल सम्म विभिन्न सरकारी तथा गैरसरकारी संघ
संस्थाहरुले संयुक्त रुपमा ¥याली समेत निकालेका थिए ।

आजै
खोपाचाँगु गाविसलाई पनि खोपयुक्त गाविस घोषणा गरेपछि दोलखाका ४८ गाविस र दुई नगरपालिका नै खोपयुक्त
घोषणा भइसकेका छन । जिल्लालाई आगामी चैत्र महिनाभित्र पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको
छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय क्रिकेटर दयालविरुद्ध यौन दुर्व्यवहारको आरोप त्रिभुवन विश्वविद्यालयको सिनेट बिहीबार बालुवाटारमा बस्ने प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे सोबिताको टिप्पणी,एमालेको आपत्ति प्रमाण दिन चुनौती अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ इयुले बेइजिङ शिखर सम्मेलनमा चीनसँग व्यापार ‘पुनः सन्तुलन’ खोज्ने करेन्ट लागेर १३ वर्षीया बालिकाको मृत्यु टेक्सासमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १०० नाघ्यो, उद्धार कार्य जारी केन्यामा सरकार विरोधी प्रदर्शनमा ११ जनाको मृत्यु, ५०० भन्दा बढी पक्राउ परराष्ट्रमन्त्री डा राणा र जर्मनीका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता स्वस्थ र अनुशासित नागरिक उत्पादन गर्न खेलजगत्को ठूलो भूमिका छः उपप्रधानमन्त्री सिंह संवैधानिक परिषद्लाई समावेशी र ठीक ढङ्गले चलाउनुपर्नेमा जोड ‘सुख्खा बन्दरगाहमा पुगेको क्षतिको विवरण आउन बाँकी छ’: उद्योगमन्त्री दामोदर भण्डारी उद्धार व्यवस्थित र प्रभावकारी बनाउन सांसद आचार्यद्वारा सरकारको ध्यानाकर्षण ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार नेप्से परिसूचक सामान्य अङ्कले घट्यो, २६८३.८६ विन्दुमा कायम मधेश प्रदेशमा मैथिली र भोजपुरी भाषा सरकारी कामकाजमा प्रयोग गर्न माग असारे विकासको प्रवृत्ति अन्त्य गर्न सांसदको जोड अमेरिकासँगको ‘नरम’ धारणाका कारण इरानी राष्ट्रपतिको आलोचना गाजामा पाँच इजरायली सैनिकको मृत्यु देशभित्र आशा र आत्मश्विास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको : कुलमान घिसिङ