2026-09-12 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

राउटेका घर अधुरै

साउन ३२, अमरगढी । डडेल्धुरामा हालसम्म राउटे समुदायका लागि एक दर्जन घर निर्माण हुन सकेका छैनन् । २०६८ सालमा घर आवास कार्यक्रम अन्तर्गत ती समुदायका घर बनाउने योजना कार्यान्वयनमा आएको थियो । राउटेलाई सरकारले लोपोन्मुख जातीमा राखेको छ । यस जातीको संरक्षण सरकारले गर्नुपर्ने हुन्छ ।

तत्कालीन अवस्थामा जोगुवडा क्षेत्रमा ८६ घरपरिवार राउटेको बसोवास थियो । पर्शुराम नगरपालिका–४ रज्यांैडाका ४१ परिवार राउटेका घर निर्माणमा परे । जोगुबडा क्षेत्रका १०८ सामुदायिक वन विरुद्ध अख्तियारमा मुद्दा पर्यो । काठ कटान गर्न रोक लागेपछि काम प्रभावित भयो । वनको मुद्दापछि काठ उपलब्ध भएन र घर निर्माणको काम रोकियो ।

विषेश अदालतको फैसला अनुसार भित्री मधेश क्षेत्रका सामुदायिक वनमा काटिएको काठ अहिले बिक्री भइसकेको छ । तर राउटेका घर भने अधुरै रहेका छन् । घर निर्माणका लागि  बनाइएका कार्ययोजना थियो । 

आर्थिक वर्ष २०६८/६९ भित्रै निर्माण गर्ने गरी काम थालिएको थियो । काठको मुद्दा अख्तियारमा परेपछि काठ कटान निकासा रोकियो । काठ नपाएपछि निर्माणाधीन घरको काम पनि रोकियो । मुद्दाको तीन चार वर्षपछि काठ निकासा खुल्यो । तर राउटेका एक दर्जन घर एक दशकसम्म पनि निर्माण हुन सकेका छैनन् । यसले संरक्षित राउटे समुदाय समस्यामा छन् ।

सामुदायिक वनले काठ नदिएपछि घर बन्न नसकेको स्थानीयवासी सन्तीदेवी राउटेले बताइन् । आफूहरु उपभोक्ता भए पनि काठ नदिँदा घर अधुरै रहेको उनको गुनासो छ । केहीले जमुनाको काठ प्रयोग गरी घर बनाएका छन् ।

तोकिएको समयमा घर बन्न नसक्दा रकम निकासा भएन । स्थानीयवासी उदयसिंह राउटेले भन्नुभयो “कसैले १२ हजार मात्रै पाएका छन् भने कसैले २४ हजारसम्म मात्रै पाएका छन ”। सामुदायिक वनले काठ दिन रोक्यो । काठ नपाएपछि घर अधुरै रहेको उहाँले बताउनुभयो ।

महेन्द्रनगरबाट काठ ल्याई बनाउने भनिए पनि त्यसो हुन सकिएन । आफू उपभोक्ता रहेको सामुदायिक वनले काठ नदिँदा घर अधुरै रहेको गुनासो उहाँको पनि छ । सामुदायिक वनको सालको काठ जोगबुढाबाट बाहिर निकासी भएको छ । तर राउटे समुदायलाई काठ उपलब्ध नहँुदा नौ वर्षसम्म घर अधुरै रहेका छन् । कतिपय आधा बनेका घर जीर्ण भएका छन् । कतिपय घरको निसान नै छैन । जग मात्रै हालेका घरमा जङ्गल बनेको  राउटेका अगुवा दानबहादुर राउतले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन