साउन ११, पर्वत । लगातारको बर्षासंगै मंगलबार मोदीखोला र कालीगण्डकी नदीमा पानीको बहाब ह्वातै बढेको छ । 

सोमबार देखी भइरहेको अविरल बर्षाले नदी आसपासका क्षेत्रमा पहिरो समेत गएको बुझिएको छ । निरन्तरको बर्षासंगै नदीको सतह समेत बढेपछि दुवै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, पर्वत । लगातारको बर्षासंगै मंगलबार मोदीखोला र कालीगण्डकी नदीमा पानीको बहाब ह्वातै बढेको छ । 

सोमबार देखी भइरहेको अविरल बर्षाले नदी आसपासका क्षेत्रमा पहिरो समेत गएको बुझिएको छ । निरन्तरको बर्षासंगै नदीको सतह समेत बढेपछि दुवै"/>

2026-07-03 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मोदी, म्याग्दी र कालीगण्डकीमा पानीको बहाब बढ्यो

साउन ११, पर्वत । लगातारको बर्षासंगै मंगलबार मोदीखोला र कालीगण्डकी नदीमा पानीको बहाब ह्वातै बढेको छ । 

सोमबार देखी भइरहेको अविरल बर्षाले नदी आसपासका क्षेत्रमा पहिरो समेत गएको बुझिएको छ । निरन्तरको बर्षासंगै नदीको सतह समेत बढेपछि दुवै नदीको तटिय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरू चिन्तित भएका छन् । जिल्लाको देउपुर देउराली, बाजुङ क्याङ हुर्दै बग्ने पातिखोला, लिस्तुङखोला तिलाहारको रतिखोलामा समेत पानीको बहाब बढेपछि आसपासका खेतहरु कटान गर्न थालेको स्थानियले बताएका छन् । 

पानीको बहाब बढेसँगै जिल्लाका विभिन्न ठाउँहुदै बग्ने खहरेखोला तथा नदिको बहाब बढेपछि कटान बढेको छ । नदीको कटान र पहिरोका कारण खोला नदीमा बगेका दाउरा छोप्नको लागि स्थानियहरु ज्यानको जोखिम मोलेर समेत जाने गरेका छन् । 

गतबर्ष पातीखोला र मोदीमा बढेको पानीको बहाबसँगै पातिखोलाले सयौ रोपनी जग्गाको धानखेतीसमेत बगरमा परिणत गरेको थियो भने मोदीखोला किनारमा रहेको माछापालान र बङ्गुर फार्म समेत बगाएको थियो जसबाट लाखौको नोक्सान भएको थियो ।

बर्षाकै कारण नदीमा बहाब बढेपछि म्याग्दी खोला र कालीगण्डकी तटीय क्षेत्रका स्थानियबासी चिन्तीत बनेका छन् ।  म्याग्दीको धौलागिरि हिमाल हुदै मुदी हुदै दरवाङ, बावियाचौर, अर्मन हुदै सिंगा तातोपानी हुदै बग्ने म्याग्दी नदी र मुस्ताङको सदरमुकाम जोमसोम हुदै म्याग्दीका विभिन्न गाविस, पर्वतबेनी हुदै बग्ने म्याग्दी नदीले हरेकबर्ष तटिय क्षेत्रका सर्वसाधारणलाई जोखिममा पर्ने गरेको छ । पवर्तबेनी र म्याग्दीको सदरमुकाम बेनी हुदै बग्ने दुवै नदी सतह गहिरो भएपनि कटानको सम्भावना समेत रहेको छ ।

गतबर्ष उत्तरी म्याग्दीको राम्चे गाविसमा गएको पहिरोले कालिगण्डकी १६ घण्टा थुनिएपछि बैसरीबजार पुरिएपछि त्रसित भएका तटियक्षेत्रका बासिन्दाले नदीको सतह बढेपछि चिन्तित हुने गरेका छन् । बेनीबजार संरक्षणका लागि तटबन्ध बनाएपनि प्रयाप्त भने छैन । 

बेनीबजारलाई संरक्षण गर्न चालु आर्थिकबर्षमा जम्मा १ करोड विनियोजन भएको छ । करिव १० करोड आवश्यकता रहेको अनुमान गरिएको छ । यसैविच लगातारको बर्षाले म्याग्दीको जनजिवन प्रभावित बनाएको छ । सदरमुकाम देखी दुर्गम गाविसम्म पहिरो र बाढीले जनजिवन कष्टकर बनाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो