दिपक अनुरागी | साउन ११, कपिलवस्तु । सोमबार राति देखी परेको अविरल वर्षासंगै आएको बाढिमा परेर कपिलवस्तुमा २ जनाको ज्यान गएको छ । ज्यान जानेमा बाणगंगा नगरपालीका ७ ओदारी बस्ने बर्ष १२ की रविना चौधरी र कजरहवा ९ सिंग्राहाका बर्ष २१ का शिव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिपक अनुरागी | साउन ११, कपिलवस्तु । सोमबार राति देखी परेको अविरल वर्षासंगै आएको बाढिमा परेर कपिलवस्तुमा २ जनाको ज्यान गएको छ । ज्यान जानेमा बाणगंगा नगरपालीका ७ ओदारी बस्ने बर्ष १२ की रविना चौधरी र कजरहवा ९ सिंग्राहाका बर्ष २१ का शिव"/>
2026-07-03 06:24 PM
कपिलवस्तु - KPL

बाणगंगा नदी गाउँ पस्यो, सातसय बढी घर डुबानमा, २ जनाको मृत्यु

दिपक अनुरागी | साउन ११, कपिलवस्तु । सोमबार राति देखी परेको अविरल वर्षासंगै आएको बाढिमा परेर कपिलवस्तुमा २ जनाको ज्यान गएको छ । ज्यान जानेमा बाणगंगा नगरपालीका ७ ओदारी बस्ने बर्ष १२ की रविना चौधरी र कजरहवा ९ सिंग्राहाका बर्ष २१ का शिव गुलाम कलवार रहेका छन् ।


यसैगरी भीषण बर्षासँगै बाणगंगा नदीमा आएको बढीले जिल्लाका एक दर्जन गाविसका सात सय बढी घर डुवानमा परेका छन् । गए राति देखिको अबिरल बर्षासंगै नदीमा पानीको बहाव बढेपछि दर्जनौं गाउ डुबानमा परेका हुन् ।

बाणगांगा नगरपालिका–१३ मा पर्ने आधा दर्जन बस्तीहरु, कपिलवस्तु नगरपालिकाको तिलौरी, धनकौलीको देवपुरा, बिजगौरी, बलरमवापुर, सौराहाको अकबरपुर, कजराहवाको सिग्राहा, कठौनिया र सोनबर्षा, शिहोखोरको खोरिया, हदौना लगायतका गाउहरु डुबानमा परेको प्रहरी उपरीक्षक बिष्णु कुमार केसीले बताउनु भयो ।

बाढीले सयौं चौपाया समेत बगाएर लगेको छ । आज बिहान बाणगांगा नगरपालिका–१३ मा पर्ने कोइली बनगाईका २ सय बढी घर, भग्लापुरका ७०, धरौनीका ६५, बोडंगाउका ७०, मोतिपुर डाडा, भलवाडका ५५ घर डुबानमा परेका छन् । बाण्गांगाका पुल छेउमा रहेका २ घर बाढीले बगाएको छ । यस्तै चार नम्बर जीतपुर र इलाका वन पिपरा समेत डुबेको छ ।


नदीको पानी बस्तीमा पसेको थियो । बिहान ५ बजे पछि एक्कासी बाढी आउँदा नदी आसपासका घरहरु डुबानमा परेको स्थानीय हरि अधिकारीले बताउनु भयो । घर डुबानमा परेपछि सर्वसाधारणले ज्यान जोगाउन छत माथि बसेका थिए । उनीहरुलाई नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त टोलीले सकुसल उद्धार गरेको थियो । डुबानमा फसेका ५५ बढीको सकुशल उद्धार गरिएको प्रहरी उपरीक्षक केसीले बताउनु भयो । अबिरल बर्षा र डुबानले त्यस क्षेत्रका बिद्यलाय बन्द गरिएको छ ।

यसैगरी भृकुटी नगरपालिका क्षेत्रमा पर्ने गुरुङ खोलाको बहाव उच्च भएपछि नदी पुल माथि बगेको छ । जसकारण पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको छ । उता बाढीका दाउरा खोज्न हिँडेका बेला नदीमा फसेका ६ जनालाई धनकौली गाविसको मोतिनगरका दैबी प्रकोप उद्धार टोलीले उद्धार गरेको थियो । बिहान ६ बजेदेखि ६ जना युवाहरु रुखमा चढेर बसेका थिए ।

मोतिनगरका एक दर्जन युवाहरुको टोलीले ज्यान जोखिममा राखेर उनीहरुलाई ६ घण्टापछि उद्धार गरी परिवारको जिम्मा लगाइएको उद्धार दलका संयोजक गंगासागर केवटले बताउनु भयो । कपिलवस्तु नगरपालिका– १८ रुधौलाका शिव केवट, रामचन्द्र केवट, राजेन्द्र बिश्वकर्मा, बब्लु केवट, संदीप हरिजन र शिव चन्द्र कहारको उद्धार भएको हो ।


प्रहरी प्रशासनले उद्धारमा आफूहरुलाई खासै सहयोग नगरेको उद्धार टोलीका सदस्य रामु यादवले गुनासो गर्नुभयो। नदीको बाहाव रामघाट, बिजगौरी र बर्गदीघाटमा रहेको पुलको माथिल्लो भागसम्म पुगेको थियो । बाणगंगा नदीले बिहान जिल्लको उत्तरी भेगमा डुबान गरेकोमा दिउँसो दक्षिणी गाबिसमा उत्पात मच्चाएको छ । अहिले कजराहवा, खोरिया र हदौना गाउमा नदी पसेको छ । नदीको बाहाव गाउमा पसेपछि उद्धार टोली दक्षिणी क्षेत्रमा पठाइएको प्रजिअ इन्दु घिमिरेले बताउनुभयो ।

यसैबिच वाणगंगा नदीको लक्ष्मणघाटमा उच्च वहाव वढेसंगै सुयममै वाधको १ नं ढोका खुल्न नसक्दा भैतिक क्षेती वढेकोछ । वाधमा खतराको संकेत भन्दा माथि पानीको वहाव वढेपनि सिंचाई डिभिजन तौलिहवाले समयमै ढोका खुल्न मर्मत संभार नगर्दा विग्रीएपछि वाढीले क्षेती पुराएको श्रृंगीघाट सिचाई  जलउपभोक्ता योजनाका सहसचिव कविराज गौतमले बताउनुभयो । वाणगंगा नदिमा आएको बाढिले लक्ष्मणघाट देखि उत्तर पटि को करिब ६० मिटर डयाम कटान गरेको हो ।यता हरिहर पुर गाविस का २ गाँउ डुबानमा परेका छन । गाँउमा रहेको श्री प्रावी कोटीहवा डाँडाको विद्यालय डुवानमा पर्दा सवै कागजपत्र नष्ट भएको विद्यालयका गोकर्ण पोख्रेलले जानकारी दिनुभयो । 

यता नेकपा एमाले कपिलवस्तुले बाढी पिडितको घरमा पुगि सहानुभुति प्रकट गरेको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, नेतृ बिमला घिमिरे, कृष्ण पौडेल, छविलाल रेश्मि, तेजेन्द्र पाण्डे, नेत्र गिरी, कृण्ष गिरी, भिम थापा लगायतको टोली पिडितको घरमा पुगेर सहानुभुति प्रकट गर्नुभएको हो ।


आजको भारी बर्षाले वाणगंगानगरपालिका अन्तर्गत मोतीपुर, बनगाई, धैरेनीडाडा, भलवाड लगायतको क्षेत्रमा बढी क्षति पुर्याएको एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनुभयो । पिडितलाई उचित क्षतिपुर्ति दिन सम्बन्धित निकायलाई अध्यक्ष पोख्रेलले आग्रह गर्नुभएको छ ।

यसैबिच हिजो साझबाट परेको अविरल वर्षाको कारण भएको भौतिक क्षती प्रती अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी कपिलवस्तुले गहिरो दुख ब्यक्त गरेको छ  । साथै  बाढीले  पशुपक्षी तथा खेतीबारीमा पुराएको क्षतीको ब्यापक मुल्याङ्कन गरी सरकार समक्ष क्षतीपुर्तीको माग गरिने महासंघका अध्यक्ष ताराजन घिमिरेले जानकारी दिनु भयो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड भलवाड कपिलवस्तुले वाणगंगा नगरपालीका १६ र १७मा  ६ पिडीत परिवार लाई राहत वितरण गरेको छ । प्रति परिवार ५ केजी चामल, दाल, नुन, तेल र लत्ताकपडा वितरण गरिएको लेखा समिती संयोजक बाबुराम रायमाझीले जानकारी दिनुभयो । राहत वितरण कार्यक्रममा संस्थाका अध्यक्ष कुमार मधु वेल्वासे, संचालक समितीका पधादीकारी, बुद्धि जिवी समाज सेवी लगायतको उपस्थिती रहेको थियो ।



 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम